बागलुङ २०७५ जेठ १५ । बागलुङ नगरपालिकाले पूर्व सूचना नदिई पसलका पेटीमा राखिएका सामानहरु हटाएको, सडकमा फ्याँकी दिएर अभद्र व्यवहार गरेको आरोप लगाउदै जेठ १३ गते बजार बन्दको घोषणा गरी संघर्षमा उत्रिएका स्थानीय जेठ १४ गते एक प्रेस विज्ञप्ती प्रकाशित गर्दै नगरपालिकाले जानकारी बिनानै जबरजस्ती तरिकाले बिना पोशाक, मदिरा समेत सेवनगरी प्रहरी प्रशासनको आडमा सम्पूर्ण व्यवासायीहरुलाई आतंकित पार्ने गरी लुटको शैलीमा कतिपय व्यापारीहरुकोव्यापारीहरुले घरको पेटीबाट, कतिपय व्यापारीको सटर भित्रका र कतिपय व्यापारीको हातबाट खोसेर गाडीमा हाल्ने गरेको आरोप लगाएका छन ।
विज्ञप्तीमा ‘एकै दिनमा सफाचट बनाउने गरी अभद्ररुपमा प्रस्तुत हुने बागलुङ नगरपालिका त्यसैगरी व्यवसायी संग कुनै छलफल नै नगरी एकाएक नगरपालिकाको बैठकमा गएर निर्णयमा सहीगर्ने र चूपचाप घरमा आएर बस्ने उद्योग बाणिज्य संघका पदाधिकारीको व्यवहार प्रति खेद प्रकट गर्दछौँ’भनिएको छ ।
व्यवसायीको हकहितमा कामगर्ने भनेर निर्वाचित भएर गएका जनप्रतिनिधी तथा संघका पदाधिकारीहरुको छद्मभेषीरुप प्रति बेलैमा सचेत भै आगामी दिनमा उचित निर्णय लिने व्यापारीहरुले चेतावनी समेत दिएका छन् ।
विज्ञप्ती यस्तो छ,