Sorry, that menu does not exist.
 

कुस्मा नगरपालिकाले कानूनी रुपमै ईजाजत दिएर लोकल रक्सी बनाउन दिने ?

महेन्द्र केसी, पर्वत २०७५ जेठ १६ । विश्वका ५० मिठो पेय पदार्थको सूचीको ४१ औं नम्बरमा परेको नेपालको लोकल रक्सीलाई कुस्मा नगरपालिकाले कानूनी रुपमानै लाइसेन्स ( ईजाजत) दिएर उत्पादन गर्न दिने योजना बनाएको छ । बजारमा थरीथरी नामको ब्राण्ड लेबल टाँसेका रक्सीहरुको विक्रिवितरणमा रोकछेक नहुने तर घरेलु मदिराको विक्रिवितरणमा रोकछेक हुने गर्दा धेरैको आर्थिक अबस्था चौपट भएको र रोजगारको अर्को बाटो नभएकाहरु मारमा पर्ने भएपछि नगरपालिकाले यस्तो योजना ल्याएको हो ।

नगरपालिकाले स्थानीय उत्पादनलाई बढवा दिने तर नगरपालिकाबाट अनुमति लिएर मात्रै लोकल मदिरा उत्पादन गर्नको लागि नगरपालिकाले अनुरोध गरेको छ । नगरपालिकामा दर्ता गरी लाइसेन्स लिएर रक्सी बनाउनेहरुको लागि भने सहयोग गर्ने अन्यथा जफ्त गर्ने बताएको छ ।

बिभिन्न ब्राण्डका बोत्तल बन्द रक्सी सेवन गरे केहि नहुने तर लोकल रक्सी सेवन गरे घरेलु हिँसा, झैझगडा बढ्ने भन्ने गलत सोँचाईलाई चिर्दै कुस्मा नगरपालिकाले क्रान्तिकारी योजना अघि सारेकोमा प्रशंसा गर्दै परम्परादेखी घरेलु रक्सी बनाएर चाडबाड मनाउदै, घरखर्च चलाउदै, बालबच्चाहरु पढाउदै, घरव्यवहार धान्दै आएका महिला उद्यमीहरुलाई सहयोग पुग्ने स्थानीयले बताएका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply