Sorry, that menu does not exist.
 

मल्मको दुई मोटरबाटो निर्माण समिती बिच बिबाद हुदाँ सहमति भंग

गुमानसिँह भण्डारी, गल्कोट २०७५ जेठ १६ । गल्कोट नगरपालिका मल्मबाट ठाडो ओडार देखि भल्साङ, नारायणचोक मोटरबाटोको लागी बिनियोजन भएको ९ लाख रकममध्ये ५ लाख रकम काउलेखोला भल्साङ मल्म मोटरबाटोको लागी दिने सहमति भएको थियो । दुई मोटरबाटो बिचको भेलामा एउटै समिति गठन गरि कार्य सञ्चालन गर्ने सहमति भए पनि अन्त्यमा नारायणचोक मोटरबाटो समितिले सहमति भंग गरि एकलौटी गरेको काउलेखोला भत्साङ, मल्मडाडाँ मोटरबाटो समितिका कोषाध्यक्ष ज्ञान बहादुर थापाले बताए । थापाका अनुसार दुई मोटरबाटोबिच भएको सहमतिमा वडा अध्यक्ष सुवेदार टिका बहादुर थापाले समेत हस्ताक्षर गरेका छन् । तल्लो मोटरबाटो भन्दा पनि आफनो मोटरबाटोमा बर्षातमा खाल्डा खुल्डि पर्ने, पहिरो जाने भएपनि वडा अध्यक्षले समेत पहल नगरेको थापाको आरोप छ ।

गल्कोट नगरपालिकाबाट पनि बजेट बिनियोजन भएन, भएको सहमति पनि भंग भएपछि स्थानियको सक्रियतामा मोटरबाटोको मर्मत तथा नाली कटान कार्य सम्पन्न भएको छ ।

समितिले बर्षातको समयमा भलले खाल्डा खुल्डी पार्न सक्ने भन्दै २ लाख ५० हजारको लागतमा १५ सय मिटरसम्म नाली कटान गरिएको थापाको भनाई छ ।

दैनिक २, ४ ओटा सवारी साधन ेचल्न जनहित माद्यमिक बिद्यालयका शिक्षक, बिद्यार्थी र स्थानियलाई नाली कटान सँगै आवतजावतमा सहजता भएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply