Sorry, that menu does not exist.
 

बलेवा बिमानस्थल सन्चालनमा ल्याउनु नगरपालिकाको महत्वपूर्ण उपलव्धी : नगरप्रमुख पौडेल

बागलुङ २०७५ जेठ १८ । बागलुङ नगरपालिकाका नगरप्रमुख जनकराज पौडेलले विगत २७ बर्ष देखि अबरुद्ध रहेको बलेवा बिमानस्थल सञ्चालनमा ल्याउने महत्वपुर्ण कार्य गरेको भन्दै नेपाल एयरलाईन्स र तारा एयरलाई भाडादर कम गराउन र व्ययभार नबेहोर्नका लागि प्रयास गरिरहेको बताएका छन् ।

बिहीबार नगरपालिकाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नगरप्रमुख पौडेललेै विमानस्थलको धावन मार्गलाई कालोपत्रे गर्ने प्रक्रिया अगाडी बढाएको जानकारी दिए ।

निर्वाचित भएको एक वर्षको अवधिमा भए गरिएका कार्यहरुको प्रगति विवरण प्रस्तुत गर्दै उनले १४ बर्ष अगाडी देखि सुरु भएर हालसम्म निर्माणको चरणमा जान नसकेको बृहत बागलुङ बसपार्क निर्माणका लागि हालै नगर विकास कोषसंग ऋण तथा अनुदान सम्झौता गरी टेन्डर प्रक्रिया अघि बढेको बताए ।

नगरप्रमुख पौडेललेै सिटिहल निर्माणका लागि केन्द्रिय बजेट बिनियोजन भएको र सिटिहल निर्माणका लागि डिजाईन इष्टिमेट भैरहेको जानकारी दिए । स्थानीय समुदाय जग्गादाता र नगर विकास कोषको सहयोगमा दशकौँदेखि विस्थापितको पीडा खेपिरहेको माझी समुदायलाई आफ्नो स्थानमा पुनस्थापना गर्ने कार्य अन्तिम चरणमा पुगेको बताए ।

पहिलो पटक ४ नम्बर प्रदेशस्तरीय प्रथम मेयर कप फुटबल प्रतियोगिता सञ्चालन गरी युवा विकास तथा आन्तरिक एवं बाह्य पर्यटन प्रबद्र्धनको कार्य थालेको पनि बताइएको छ ।

सो पत्रकार भेटघाट कार्यक्रममा बागलुङ नगरपालिकाका उपनगरप्रमुख सुरेन्द्र खड्काले आगामी बर्ष नगरका प्रत्येक वडामा नगर बस सञ्चालन गर्ने गरी सडकलाई स्तोन्नती गर्ने, बजार क्षेत्र भित्रका तारहरुलाई व्यवस्थापन गर्ने काम भैरहेको बताउनुभयो । सहकारी, कृषि व्यवसाय, नगरको आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्ने लगायतका ऐनहरु निर्माण गरिएको जानकारी दिए । चालु आर्थिक बर्षमा स्वीकृत भएका ४ सय ९१ वटा योजना मध्य ६७ वटा सम्झौता हुन बाँकी रहेको, ४ सय २४ वटा सम्झौता भएको, १ सय ३० वटा सम्पन्न भएका र २ सय ९४ वटा सम्पन्न हुन बाँकी रहेको पत्रकार भेटघाटमा जानकारी दिईएको थियो ।

गत बैशाख मसान्त सम्म विभिन्न कार्यक्रमका लागि आएको ७१ करोड ३२ लाख २० हजार बजेट मध्य ७१ करोड १५ लाख ३६ हजार निकासा भएर ४१ करोड ९५ लाख ६९ हजार रुपैँया खर्च भएको जानकारी गराइएको छ । कार्यक्रमको सञ्चालन बागलुङ नगरपालिकाका सामाजिक शाखा प्रमुख भिमसेन पन्तले गरेका थिए ।

यो पनि पढौँ :

बागलुङ नगरपालिका र दुई बिमान कम्पनिबीच भएको सम्झौताले के भन्छ ? बिमानसेवा कसको हितमा ?

सुरु भयो बलेवामा नियमित बिमान सेवा : नपुग ५ जना यात्रुको रु. ३२ हजार ५ सय नगरपालिकाले तिर्ने !

एकै उडानमा बागलुङ नगरपालिकाले तारा एयरलाई बुझायो रु. ७१ हजार ५ सय हर्जाना !

आजको तस्वीर : बलेवा बिमान स्थल पुन: गौचरण बन्ने सन्त्रास !

ताकि सनद रहोस … !

नगरपालिकाको लापरबाहीले माझीबस्ती बनेन, व्यवस्थापन समन्वय समितिले दियो राजिनामा !

आजको तस्बीर : यस्तो छ, अल्पसंख्यक माझीबस्तीको दूर्दशा !

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply