बागलुङ २०७५ जेठ १८ । बागलुङ जिल्ला सदरमुकाममा अधकल्चो अवस्थामा रहेका धौलागिरी अन्चल अस्पताल र जिल्ला प्रशासन कार्यालयका भवनहरु ठेकदारहरुको लापर्बाही एवं बदमाशीको ज्वलन्त उदाहरुण बनेका छन् ।
जिल्ला प्रशासन कार्यालयमा नवागत प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलको ताकेता पछी ठेकदारले आज बिहान देखी तीन ओटा डोजर ल्याएर निर्माण कार्य सुरुगरेको छ भने धौलागिरी अन्चल अस्पतालका भवनहरुमा भित्र केहि व्यक्तिहरुले काम गरिरहेको दृश्य देख्न सकिन्छ ।
जिल्ला प्रशासन कार्यालय बागलुङको निर्माणाधीन भवनका विषयमा ईबागलुङ डटकमले २०७४ फागुन १० गते दुई वर्षमा सम्पन्न हुनु पर्ने जिल्ला प्रशासन कार्यालयको भवन चारवर्ष देखी अधुरै, को हो यस्को जिम्मेवार ? शीर्षकमा समाचार सम्प्रषण गरेको थियो भने धौलागिरी अन्चल अस्पतालको भवन निर्माणमा ढीलाई भएको सम्वन्धमा २०७४ साल चैत १६ गते कहिले सम्म बन्लान त, धौलागिरी अन्चल अस्पतालका यी अलपत्र भवनहरु ? शीर्षकमा समाचार सम्प्रेषण गरेको थियो ।
तर सरोकारवालाहरुका आँखामा यी समाचारहरु पर्न सकेनन् या बलवान ठेकदार कम्पनिहरुको सामु केहि नलागेर निर्माण कार्यले गति लिन सकेन । त्यो अनुसन्धान कै विषय छ ।
आज जिल्ला प्रशासन कार्यालयको भवनका ठेकदार धादिङका श्याम कुमार श्रेष्ठ (जयबाबा गोरख कन्स्ट्रशन) ले दुई महिन भित्रै निर्माण कार्य सम्पन्न गने प्रतिवद्धता जनाउदै आज डोजर प्रयोग गरिरहेका छन् ।
जिल्ला प्रशासन कार्यालयका लेखापाल प्रकाश सुवेदी भन्छन्,- ‘दुई महिनामै सक्छु भनेपनि यी ठेकदारहरुको बोलिमा विश्वास गर्न सकिन्न । रु ३ करोड ७३ लाख लागतको भवन निर्माण सम्पन्न गर्नुपर्ने गत भदौ ८ गते नै थियो, तर अहिले सम्म अधुरै छ ।’
यो भवन निर्माण सुरु भए यता यो निर्माणाधीन भवनले सात जना प्रमुख जिल्ला अधिकारीहरु देखि सकेको छ । अबको दुई महिनामा प्रमुख जिल्ला अधिकारी खरेलले यसै भवनबाट कार्य सन्चालन गर्ने साईत जुर्ला त ?
उता धौलागिरी अन्चल अस्पतालको निर्माणाधीन बी ब्लक रु ६ करोड ६० लाख ३९ हजार लागतमा २०६८ साल बैशाख १५ गते सम्पन्नगर्ने गरी २०६६ साल बैशाख ६ गते ठेकेदार कम्पनि आषिश मिलियन भिमज्योति जयबाबा नयाँबाटो जेबी संग संझौता भएको थियो ।
सहरी विकास डिभिजन कार्यालय बागलुङका डिभिजन प्रमुख प्रकाश अर्यालले ठेकेदारले संझौता अनुसार भवन निर्माण सम्पन्न नगरेकोले गत २०७४ साल साउन ३० गते पुन म्याद थप गरेर निर्माण गर्न लगाईएको थियो । अहिले सम्म निर्माण सम्पन्न भएको छैन ।