Sorry, that menu does not exist.
 

विकास निमार्णको काममा नेपाली सेना सक्रियताका साथ अगाडि बढ्छ : प्रधान सेनापति क्षेत्री

किरण आचार्य, बागलुङ २०७५ जेठ १८ । प्रधानसेनापति राजेन्द्र क्षत्रीले विकास निमार्णको काममा नेपाली सेना सक्रियताका साथ अगाडि बढने बताएका छन् ।

प्रधानसेनापति क्षेत्रीले शुक्रबार कालिगण्डकी करिडोरको अवलोकन सगै जैमनी नगरपालिका ७ जैदीको लौवा खोलामा निर्माण गरिएको बेलीब्रिजको उद्घाटन पछी बोल्दै यस्तो बताएका हुन् ।

प्रधानसेनापति क्षेत्रीले कालिगण्डकी करिडोर नाका खोल्ने काम मात्र भएको र यसलाई व्यवस्थित गर्न स्थानिय तह देखि केन्द्रसम्म सबै लागि रहनुभएको उल्लेख गर्दै नेपाली सेनालाई जिम्मा आएमा कालिगण्डकी करिडोरको स्तरोन्नतीको लागि नेपाली सेना सबैसग हातेमालो गर्दै अगाडि बढने स्पष्ट पारे ।

सो उद्घाटन कार्यक्रममा उपस्थित स्थानियहरुले नेपाली सेनाले कालीगण्डकी करिडोरमा निकै सहारानीय काम गरेको बताएका छन ।

बागलुङ जिल्लाको ३८ किलोमिटर दुरीमा ३ वटा बेली ब्रिज र १ काठेपुल निमार्ण भएका छन भने गुल्मी र बागलुङ सिमानामा रहेको खोलामा एक पुल निमार्ण सम्पन्न भएको छ ।

बर्खाको समयमा बेली ब्रिज निमार्ण भएपछि स्थानीयबासीहरुलाई निकै सहज भएको छ । यस सडकखण्ड साघुरो हुदाहुदै पनि दैनिक दुई सय सम्म साना ठुला सवारी साधन आवत जावत गर्ने गर्दछन ।

बागलुङ जिल्लामा ठुलो भिर पहरा भएकाले पनि यसको स्तरोन्नतीको लागि नेपाली सेनालाई जिम्मा दिनुपर्ने केन्द्रिय सरकारसंग माग गर्दै छिटो भन्दा छिटो सडक स्तरोन्नती गर्नुपर्ने स्थानीयबासीको भनाइ छ ।

यस सडक निमार्ण सम्पन्न भएमा उत्तरको मुक्तिनाथ मन्दिर र लुम्बिनी गौतम बुद्धको जन्मस्थल सम्म यात्रा सहज हुने र नेपाल भारत दुई देशबिच व्यापारमा बृद्धि हुने देखिन्छ । नेपाली सेनाले बागलुङ मालढुङा देखि पालुङखोला सम्म ३८ किलोमिटर,पालुङखोला देखि गुल्मी ४२ किलोमटर ट्रयाक खोल्ने काम सम्पन्न गरेको छ ।

जैदी लौवा खोलाम निर्मित बेली ब्रिजको उद्घाटन कार्यक्रम पश्चात प्रधानसेनापति क्षेत्रीले स्याँजा जिल्ला स्थित कोटाकोट पहिरोमा नेपाली सेनाले निर्माण सम्पन्न गरेको सडकको उद्घाटन गरेका छन् ।

नेपाली सेना कालीगण्डकी कोरिडोर सडक निर्माण कार्यालय हर्दिचौर गुल्मीका प्रमुख ईन्जिनियर रेश्मीराज भट्टराईले दिएको जानकारी अनुसार कोटाकोट सडक रु ९ करोड ७२ लाखको लागतमा ९ महिना अवधिमा निर्माण सम्पन्न भएको हो ।

स्याँजाको कार्यक्रम पश्चात प्रधान सेनापति क्षत्रीले बागलुङ काठेखोला गाउपालिका बिहुँ स्थित नेपाली सेनाको अर्जुन वाण गणको निरीक्षण गरी पोखरा फिर्ता भएका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply