Sorry, that menu does not exist.
 

आजको तस्वीर : खानेपानीको समस्यासंग जुद्धै ब्रह्मकुमारी/ब्रह्मकुमारहरु !

बागलुङ २०७५ जेठ १९ । बागलुङ बजारमा खानेपानीको निकै अभाव रहेको छ । वर्षेनि हिँउद वर्षा दुबै समयमा बजारबासीलाई काकाकुल बन्नु पर्ने अभिशाप परे जस्तै छ । जनकवि केशरी स्व धर्मराज थापाले झण्डै ६० वर्ष पहिले बागलुङ बजारको नारायण स्थानको चौतारीमा गायको, बागलुङको बजार पधेर्नीलाई दुख हजार …. बोलको गीत अहिले सम्म सही साबित भएको छ ।

वर्षायाममा धाराबाट खानेपानी भन्दा खानै नहुने माटे पानी झर्ने हुनाले बजारबासीलाई पानीको बैकल्पिक जोहो गर्नु पर्ने बाध्यता रहेको छ । यसै बाध्यतालाई ब्रह्मकुमार श्रीकृष्ण शर्माले शुक्रबार ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय राजयोग केन्द्र (ओम शान्ति) बागलुङमा पानी संग्रह गर्ने टङ्की निर्माण गर्ने अभियानमा ब्रह्मकुमारी/ब्रह्मकुमारहरुले टङ्की निर्माण गर्न बालुवा गिट्टी आदि निर्माण सामाग्री ओसार्दै गरेको तस्वीर र भिडियोलाई फेसबुकमा पोष्ट गरेर बागलुङ सदरमुकाममा पानीको हाहाकारको संकेत दिएका छन् ।

सामाजिक बिकृति एवं बिकारहरुको अन्त, मनमा शान्ति, तनावबाट मुक्ति, सत्कर्म र सत्ज्ञानको मार्गमा प्रवचन दिँदै आएका ब्रह्मकुमारी /ब्रह्मकुमारहरुलाई हातमा बेल्चा बाँउसा लिएर गिट्टी बालुवा ओसारी रहेको दृश्यले आश्चर्य लाग्न सक्छ तर खानेपानीको व्यवस्थापनमा चासो नराख्ने सरोकारवाला निकाय र नगरबासीलाई परेको खानेपानीको समस्या नदेख्ने स्थानीय जन प्रतिनिधि हुँदा ब्रह्मकुमारी एवं कुमारहरुमात्र नभएर बालबच्चा देखी बृद्धबृद्धा सम्मले रित्ता गाग्रीहरु लिएर पानीको लागि काठेखोला र कालीगण्डकी झर्न नपर्ला भन्न सकिन्न ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply