Sorry, that menu does not exist.
 

बोङ्गादोभानमा सहभागितामुलक परिवेश विश्लेषण कार्यक्रमको उदघाटन

बसन्त घर्ती मगर, तमान २०७५ जेठ २० । समृद्ध तमानखोलाको निर्माण गर्ने लक्षका साथ केही वर्ष पहिले देखि केही अगुवा युवाहरूको पहलमा सुरुवात गरिएको तमानखोला विकास अभियान अन्तर्गत तमानखोला गापा को आयोजना र विल्ड नेपालको समन्वय र प्राविधिक सहयोगमा सहभागितामुलक परिवेश विश्लेषण कार्यक्रम तमानखोला गा।पा। को कार्यालय, बोङ्गादोभानमा एक अनौपचारिक कार्यक्रम बिच उदघाटन सम्पन्न भएको छ ।

तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुदाको अध्यक्षतामा सम्पन्न भएको सो अनौपचारिक कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष मानसरी शेरचन, प्रमुख प्रशासकीय अधिकृत कमल गौतम, समाजसेवी झक बहादुर बुढाले मन्तव्य व्यत्तल थ।ेको कार्यक्रमको संचालन विल्ड नेपालका उपाध्यक्ष दिलिप खडकाले गरेका थिए।

कार्यक्रममा बोल्दै अध्यक्ष बुढाले यस तालिमको समापन पश्चात् तमानखोला गाउँपालिकाको अहिलेको अवस्थाको विश्लेषण गरि निकट भविष्यमा गर्न सकिने कार्ययोजना तय गरिने र यो कार्यक्रमको अन्तिम गन्तव्यमा भनेको समृद्ध तमानखोला निर्माण रहेको बताए ।

कार्यक्रममा तमानखोलाका ६ वटै वडाका २र२ जनालाई तालिम दिई तालिम पश्चात् सम्बन्धित वडामा तथ्यांक संकलन गर्न लगाउने र त्यसबाट भिलेज प्रोफाइल निर्माण गर्ने र त्यसमा प्राविधिक सहयोग विल्ड नेपालले गर्ने कुरा आयोजकले बताएको छ ।

उदघाटन समारोहको अन्त्य पछि सहजकर्ता कविता राई र विल्ड नेपालका उपाध्यक्ष दिलिप खडकाले सहभागीहरुलाई सहभागिता, अर्थपूर्ण सहभागिता, विकास, अविकास, कुविकास र दिगो विकास लगायतका बिषयहरुमा सहजिकरण गरेका थिए । कार्यक्रम अझै ५ दिन सम्म चल्ने आयोजकले जनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply