Sorry, that menu does not exist.
 

शैक्षिकस्तर सुधारगर्न शिक्षक विद्यार्थी र अभिभावकको त्रिकोणात्मक सम्बन्ध आवश्यक – ढुङ्गाना

खेमराज अर्याल, बुर्तिवाङ २०७५ जेठ २१ । ढोरपाटन नगरपालिकाको वडा नम्बर ४ हुन्द्रफेदीमा रहेको प्रकाश माध्यमिक विद्यालयको ४७ औँ वार्षिक उत्सव कार्यक्रम आईतवार सम्पन्न भएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथी जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुङ्गानाले शैक्षिक स्तर सुधारका लागी शिक्षक विद्यार्थी र अभिभावकको त्रिकोणात्मक सम्बन्ध रहने हुदा सबैले आ आफ्नो जिम्मेवारी पुरा गर्नुपर्ने बताए । विद्यार्थीलाई सहि ढङ्गले सजिलै सिकाउनका लागी शिक्षक क्रियाशील हुनुपर्ने सिक्नका लागी विद्यार्थी पनि जागरुक हुनुपर्ने र आफ्ना वालवालिकाको अवस्थाका बारेमा चासो राख्ने अभिभावक भएमा शैक्षिक स्तर सुधार गर्न सकिने उनको भनाई थियो ।

बागलुङ पश्चिम क्षेत्रका केही विद्यालयमा विद्यार्थी संख्या उच्च रहेपनि शिक्षक दरबन्दी न्युन रहेकोले शिक्षक दरबन्दी मिलानका लागी पहल भइरहेको उनले जानकारी दिए ।

कार्यक्रममा ढोरपाटन नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष तिलक पुन विद्यालय व्यवस्थापन समिति अध्यक्ष गोरख बहादुर राना शिक्षक खेमराज अर्याल विद्यालय व्यवस्थापन समिति सदस्य गमि बुढा एकिकृत सेवा केन्द्र बुर्तिबाङका नायब सुब्बा नन्दराम भुषाल नयाँ तारा बाल क्लव अध्यक्ष मनोज सुनार लगाएतले मन्तव्य राखेका थिए ।

सो अवसरमा विद्यालयका प्रधानाध्यापक दुर्गा बहादुर थापाले विद्यालयको भावी कार्ययोजना सहित आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रस्तुत प्रतिवेदन अनुसार विद्यालयको कुल आम्दानी ४६ लाख १५ हजार ३ सय ९८ रुपैयाँ ८९ पैसा कुल खर्च ३७ लाख ९४ हजार ४ सय ५१ रुपैया ३३ पैसा र वचत ८ लाख २० हजार ९ सय ४७ रुपैया ५६ पैसा रहेको छ ।

वार्षिक उत्सव कार्यक्रम आईतवार सम्पन्न भएपनि प्रतियोगितात्मक कार्यक्रम मंगलबारबाटै सुरु भएका थिए । कार्यक्रममा शिक्षक अभिभावक विद्यार्थी चन्दादाता अभिभावक लगाएत विभिन्न संघसंस्थाका प्रतिनिधीको समेतको सहभागिता रहेको थियो ।

कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष गोरख बहादुर रानाको अध्यक्षता, शिक्षक इश्वरी शर्माको स्वागत मन्तव्य र शिक्षक भिम बहादुर पुनको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply