खिमलाल पाण्डे, युएई २०७५ जेठ २१ (४ जुन २०१८) । न्यु मिडिया एकेडेमी द्वारा मकवानपुरमा रहेर पत्रकारिता क्षेत्रमा निरन्तर लागि परेका सक्रिय पत्रकारहरुलाई आउदो जुन २२ तारिख शुक्रबारका दिन युएईको बरदुबई स्थित चर्चित अस्टोरिया होटेलमा “हेटौंडा पत्रकारिता पुरस्कार तथा सांस्कृतिक कार्यक्रम’को आयोजना गरि सम्मान गरिने भएको छ्र ।
बिदेशी भुमि युएईमा पहिलो पटक आयोजना गरिएको उक्त कार्यक्रम भव्यरुपमा सम्पन्न गर्नको लागि आयोजकले गत शुक्रबार पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरेको थियो । उक्त भेटघाट कार्यक्रममा जुन २२ तारिख शुक्रबारका दिन युएईमा हुन लागिरहेको हेटौंडा पत्रकारिता पुरस्कार तथा सांस्कृतिक कार्यक्रममा पत्रकारहरुलाई नौ विधामा पुरस्कृत गरिने आयोजकले जानकारी दिएको थियो्र ।
कार्यक्रममा पत्रकारहरुलाई पुरस्कृत गरिने नौ विधामा क्रमश ‘’उत्कृष्ट पत्रकार बर्ष अवार्ड, समाजिक पत्रकारिता बर्ष अवार्ड, कार्यक्रम प्रस्तोता बर्ष अवार्ड, खोजी पत्रकारिता बर्ष अवार्ड, चलचित्र पत्रकारिता बर्ष अवार्ड, सञ्चार उधमी बर्ष अवार्ड, सम्पादक बर्ष अवार्ड, चुनौतीपूर्ण पत्रकारीता बर्ष अवार्ड र बजार ब्यबस्थापन बर्ष अवार्ड रहने आयोजकले जानकारी दिएको थिए ।
कार्यक्रमको बिचमै युएईमा रहेर पनि पत्रकारिता क्षेत्रमा निरन्तर आफ्नो कलम चलाउदै आइरहेका दुईजना पत्रकार र युएईमा ब्यबशाय गरिरहेका ब्यबशायी मध्ये दुईजनालाई सम्मान गरिने युएईका लागि आयोजक पक्षका समिम खानाले इबागलुङलाई जानकारी दिएका छन््र ।
युएईकालागि कार्यक्रम संयोजकको रुपमा युएईमा कार्यरत समिम खान, मनोज गोर्खाली , भीम अधिकारी र मदन अधिकारी रहेका छन् । सो कार्यक्रम सफल पार्नको लागि युएईमा क्रियाशील नेपाली संघ संस्था लगाएत युएईमा कार्यरत नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई आग्रह समेत गरेका छन ।
उपस्थित दर्शकहरुलाई मनोरंजन दिन अनि अवार्ड कार्यक्रमलाई भब्य र रोचक बनाउनको लागि बिचबिचमा बिभिन्न संस्कृतिक प्रस्तुतिहरु रहने आयोजकले जानकारी दिएको छ्र । जसका लागि मुख्य आकर्षणको रुपमा हालसालै नेपालमा निकै चर्चामा आएका चर्चित बाल कलाकार अशोक दर्जी युएई आउने भएका छन् । हालै सार्बजानिक गरिएको दर्जीको मार्मिक पहिलो सांगीतिक कोशेली ‘’धन बिनाको मन ठुलोकी मन बिनाको धन’’ अहिले निकै चर्चामा छ । दर्जीको साथमा गायक टंक बुढाथोकी पनि युएई आउने आयोजकले जानकारी दिएको छ्र । साथमा युएईमा कार्यरत नेपाली कलाकारहरुको पनि बेजोड प्रस्तुति रहने आयोजकले जनाएको छ्र ।
अन्य सहयोगीहरुमा क्रमश नेपाल पत्रकार महासंघ युएई शाखा, प्रदेश नम्बर तीन एकता समाज, एनआरएनए युएई, ईनास युएई तथा एभरेस्ट मार्शल आर्ट ट्रेनिङ्ग क्लव रहने आयोजककाृ भनाई छ । उक्त कार्यक्रम बाट उठेको रकम बाल कलाकार अशोक दर्जीको आवास निर्माणका लागि सहयोग गरिने आयोजकले जानकारी दिए ।