Sorry, that menu does not exist.
 

गुल्मीका कर्मचारीहरुलाई आचरण सुधार गर्न प्रधानमन्त्रीका सचिवको निर्देशन !

प्रेम सुनार, गुल्मी २०७३ फागुन ११ । प्रधानमन्त्री कार्यालयका सचिव तथा केन्द्रिय अनुगमन तथा निरीक्षण टोलीका संयोजक टंकमणी शर्माले गुल्मीका कर्मचारीहरुको आचरण र व्यवहारमा सुधार ल्याउन निर्देशन दिएका छन् । आज जिल्ला प्रशासन कार्यालयको सभाहलमा आयोजित जिल्लाका कार्यालय प्रमुखहरु संगको भेटमा उनले विभिन्न विषयमा निर्देशन दिएका हुन् ।

सेवाग्राहीहरु संग शिष्ट संग प्रस्तुत हुने उनिहरुलाई सास्ती दिने काम कदापी नगर्ने र छिटो भन्दा छिटो सेवा दिन उनले प्रमुख जिल्ला अधिकारी सहित यहाँका कार्यालय प्रमुखहरुलाई निर्देशन दिए ।

हेरक कार्यालयका समस्या र विकास निर्माणको गतिविधी बुझ्दै उनले वैशाखमा स्थानिय पारदर्शीता भए नभएको बुझ्दै सचिव शर्माले यहाँका विकासे अड्डाहरुलाई बैशाखमा स्थानिय निकायको निर्वाचन हुने भएकोले चैैत्र महिना भित्रै काम सम्पन्न गर्न निर्देशन दिए ।

अनुगमन टोलीमामा संयोजक शर्मा सहित सदस्यहरु अर्थ मन्त्रालयका सहसचिव वावुराम भण्डारी , प्रधानमन्त्री कार्यालयका सह–सचिव रामेश्वर ढङ्गोल , सोही कार्यालयका उप–सचिव तारानाथ अधिकारीको टोली रुपन्देही र अर्घाखाँची जिल्लाको अनुमन गरी गुल्मी आएका हुन ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद ढुङ्गाना र विभिन्न कार्यालयका प्रमुख तथा प्रतिनिधीहरुले आ–आफ्ना कार्यालयको अवस्थावारे अनुगमन टोलीलाई अवगत गराएका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply