Sorry, that menu does not exist.
 

बागलुङ केबुल टीभी माथी चौतर्फी प्रहार, अब हुन्छ के ? के गर्ला बागलुङ नगरपालिकाले ?

बागलुङ २०७५ जेठ २२ । एनालग प्रविधीबाट डिजिटल प्रविधीमा रुपान्तरित गर्ने क्रममा केबुल सन्चालकहरुले अनाधिकृत तवरले आफुखुशी रकम असुल्दै गरेको घटनाले दिनपरदिन चर्को रुप लिईरहेको छ ।

बिभिन्न सन्चार माध्यमहरु र सामाजिक सन्जाल फेसबुकमा केबुल सन्चालकहरुले मनपरी रकम असुलेको विषयलाई चर्कोरुपमा उठाईरहेको अवस्थामा गत जेठ १९ गते प्रदेश ४ का मुख्यमन्त्री पृथ्वी सुव्वा गुरुङको स्वागत भैरहेको कार्यक्रम स्थलमै सम्पूर्ण उपभोक्ताहरुका तर्फबाट रामप्रसाद घिमिरे, प्रदिप आचार्य र भक्त खड्काले बागलुङ नगरपालिका, जिल्ला प्रशासन कार्यालय र स्थानीय निकायहरुलाई बोधार्थ सहित कार्बाहीको लागी निवेदन दिएपछी बल्ल नगरपालिकाले जेठ २० गतेको मितिमा नगरप्रमुखको आज्ञाले भन्दै प्रमुख कार्यकारी अधिकृत दयाराम अधिकारीले बागलुङ केबल टीभीको नाममा यथार्थ विवरण पेश गर्न पत्राचार गरेका छन् ।

बागलुङ केबुल टीभी माथी, बिद्युतीय एवं छापा सन्चारमाध्यमहरु र सामाजिक सन्जाल फेसबुकमा चौतर्फी आक्रमण भैरहेको अवस्थामा नगरप्रमुखको आज्ञाले व्यहोराको प्रमुख कार्यकारी अधिकृतको हस्ताक्षर भएको पत्राचारले पनि बागलुङ केबुल थप समस्या पर्न सक्ने अनुमान गरिएको छ ।

बागलुङ केबुलमाथी नि:शुल्क जडान गर्नुपर्ने म्याक्सको सेट अप बक्स २ हजार ५ सय रुपयाँ सम्म लिएर जडान गरिरहेको र बिल भर्पाई नदिएर सानो कागजको टुक्रामा रकम लेखेर दिने गरेको आरोप छ ।

बागलुङ सदर मुकाममा मात्र नभएर गल्कोट नगरपालिकाको हटियामा रहेको बागलुङ केबुल टीभीका एजेन्टले पनि सेवाग्राहीबाट चर्को मुल्य लिएको गुनासाहरु सार्वजनिक भएका छन् ।

ईबागलुङ सहकर्मी गुमानसिंह भण्डारीले दिएको जानकारी अनुसार एनालग प्रविधीबाट डिजिटलाईजेसनमा जानका लागि मेगा म्याक्स टीभी प्राइभेट लिमिटेडले निःशुल्क सेटअप बक्स उपलब्ध गराए पनि गल्कोट हटिया स्थित गल्कोट मिलन केबलका ग्राहकहरुले १६ सय सम्म रकम तिर्न बाध्य भएका छन ।

गल्कोट मिलन केबुलका प्रतिनिधि रेशम खत्रीका अनुसार १२ सय सेट अप बक्सको मुल्य २ सय ईन्सुरेन्स र २ सय जडान बापतको चार्ज लिएको बताए । मेगा म्याक्सले दिएको जानकारी अनुसार सेटअप बक्स निशुल्क रहेको र ग्राहकले सेटअप बक्स जडान बापत ५ सय ६५ रुपैयाँ इन्टलेसन चार्जको रुपमा बुझाउनुपर्ने बताएको छ ।

गल्कोट नगरपालिका ३ हटियाका माधब साहानीका अनुसार गल्कोट मिलन केबुलले निशुल्क बितरण गरिने भनिएको सेटअप बक्सबाट चर्को शुल्क लिनु आफैमा दुखद बिषय भएको बताउदै यसरी ग्राहकबाट १६ सय भन्दा बढि रुपयाँ अनियमताका साथ उठाई रहदाँ सरोकारवाला निकायको मौनताले ग्राहक मारमा परेका स्थानियको गुनासो रहेको बताए । म्याक्स टि.भि.ले बक्स जडान गर्दा समान्य जडान खर्च अन्तर्गत काठमाडौंमा ३ सय पोखरामा ५ सय बाहेक अरु नलिने घोषण गरिरहेको छ । तर बागलुङ केबुलको एजेण्ट गल्कोटको गल्कोट मिलन केबलले बागलुङ केवुल सँगै आफुखुसी ममोमानी ढँगबाट रकम असुलेको ग्राहकहरुले आरोप लगाएका छन् ।

उता सन्चार माध्यमहरु र सामाजिक सन्जाल फेसबुक वालमा बागलुङ केबुल टीभीमाथी गुनासाहरु सार्वजिनक हुने सिलसिला जारी नै रहेको छ ।

रामप्रसाद घिमिरे सहितले केबुललाई कार्बाहीको माग गर्दै दिएको निवेदन पढ्दै मुख्यमन्त्री गुरुङ । तस्वीर- घिमिरेको फेसबुकबाट ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

One Comment

Leave a Reply