खगेन्द्र विश्वकर्मा ताराखोला २०७५ जेठ २३ । ताराखोला गाउपालिका ५ हिलेको मिरमिरे युवा क्लबको १३ औ बार्षिकोत्सवको औपचारिक उद्घाटन पछी बोल्दै सांसद दिलमाया रोका दिपाले बागलुङको अग्लो डुडेलेकको पदमार्ग योजना अगाडि बढाएको र पदमार्ग पछि होम स्टेको पहल गर्ने बताईन्।
कार्यक्रममा गाउपालिका अध्यक्ष प्रकाश घर्तीले ताराखोला गाउपालिका नमुना बनाउने र अहिलेको काम सम्पादन राम्रो भएको बताए ।
नेपाल माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिवश खत्रीले अब छिटै गाउपालिकामा बहुमुखी क्याम्पस र विद्यार्थी बस संचालन गर्ने बताए ।
गाउपालिकाका प्रशासकीय अधिकृत टोपलाल भुषालले ताराखोला गाउपालिकामा कुनै योजना कार्यन्वयन प्रति उत्साहित भएको बताए।
मेलामा संचारकर्मी तथा कलाकार खगेन्द्र विश्वकर्माको सांगीतिक प्रस्तुति रहेको थियो।
मेलामा पुरुष भलिवल ३२ टिम, महिल भलिबल ८ टिम सहभागी थिए । डुडेलेख म्याराथुन डौड ,अन्धानिसान , धनुषबाण ,लोक नृत्य लगाएतका कार्यक्रम संचालन भै रहेको छ ।
मेला यहि जेठ १९ गतेबाट सुरु भएको थियो भने आज २३ गते समापन हुने क्लबका सचिव वीरेन्द्र रोकाले बताए । औपचारिक कार्यक्रम क्लबका अध्यक्ष गिरि पुनको अध्यक्षता , कृष्ण कडेलको स्वागत , उमेश पुनको संचालनमा सम्पन्न भएको थियो ।