गुमानसिँह भण्डारी, गल्कोट २०७५ ज्ठ २३ । जिल्ला प्रशासन कार्यालय बागलुङमा नवागन्तुक प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलले गल्कोट उपत्यका पर्यटकीय क्षेत्रले भरिपुर्ण ठाउ भएका कारण यसको बिकास गर्न सजिलो हुने बताएका छन् ।
गल्कोट नगरपालिकाको आयोजनामा मंगलबार हटियामा आयोजना गरिएको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै खरेलले गल्कोट सम्भावनाको खानी भएको भन्दै यहाँका सम्पदाहरुको प्रचार प्रसारमा जोड दिनुपर्ने बताए । प्रजिअ खरेलले नगरपालिकाले अल्पकालीन र दीर्घकालीन योजना बनाउनुपर्ने बताउदै जिल्ला स्तरका कार्यालय स्थानिय तहमा आउन केहि समय लाग्ने बताए ।
जिल्ला तहमा भएका कार्यालय रहने नरहने भन्ने बिषयमा बिबाद कायम रहेको बताउदै खरेलले स्थानिय निकायमा आउने कार्यालयले सहि तबरले सेवा प्रवाह गनुपर्नेमा जोड दिए । जहाँ बिकास हुन्छ त्यहाँ सुरक्षाको प्रत्याभुति दिलाउने सुरक्षा निकायको जिम्मेबारी हुने भन्दै जनप्रतिनिधि बिकासको गतिमा अगाडि बढ््नुपर्ने उनको भनाई थियो ।
कार्यक्रममा बोल्दै गल्कोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेले गल्कोट नगरपालिका यसअधि ३ निर्वाचन क्षेत्रमा बिभाजन भए पनि भावनात्मक रुपमा गल्कोटेहरु कहिले बिभाजित नभएको प्रष्ट पार्दै नयाँ संरचना अनुसार गल्कोट एक भएकोले यसको बिकासका लागी सहयोग पुगेको बताए ।
जिल्ला प्रशासन कार्यालयले गल्कोट नगरपालिकालाई बिशेष तबरले हेनुपर्ने बताउदै नगरप्रमुख गैरेले गल्कोटका पाण्डवखानी र रिघा भौगोलिक हिसाबले टाढा भएका कारण जिल्ला पशासन कार्यालय र गल्कोट नगरपालिकाले पहिलो प्राथमिकता दिनुपर्ने बताए । कार्यक्रममा गल्कोट नगरपालिका ३ का अध्यक्ष वीरजङ भण्डारीले समेत मन्तब्य राखेका थिए ।
कार्यक्रममा जनप्रतिनिधि, प्रहरी प्रशासन, पत्रकार, स्थानिय लगायतको सहभागीता रहेको थियो ।
तस्वीर सौजन्य- अर्जुन ढकाल, बागलुङ ।