Sorry, that menu does not exist.
 

कृषि पेशाबाट खुशी छु, परिबारसंग दुखम् सुखम् गरेर घरबार राम्ररी चलाएको छु – कृषक कार्की

टिकाराम भट्टराई, बुर्तिबाङ, २०७५ जेठ २३ । ढोरपाटन नगरपालिका वडा न ३ सामा रिठाखोलाका मिहिनेती किसान रिम बहादुर कार्कीको परिवारले कृषि पेशाबाटै मनग्य आम्दानी गर्दै आएका छन् ।

उमेरले ३८ पुगेका कार्कीले अहिले आफ्नो ४ रोपनी जग्गामा टमाट, आलु, लौका, खुर्सानी, काँक्रा, सिमी, प्याज, लसुन लगायत विभिन्न जातका साग सव्जी लगायतका तरकारीहरु लगाएका छन् ।

२०६८ सालमा रु ७ । ८ हजार लगानीबाट व्यवसायिक रुपमा नै तरकारी लगाउदै आएका कार्कीले अहिले बार्षिक करिब २ लाख देखि २ लाख ५० हजार बराबरको आम्दानी गर्ने बताए ।

सुरुवाती अवस्थामा कृषि पेशामा टिक्न केहि अप्ठ्यारो थियो, पैसाको निकै अभाब हुन्थ्यो, सुरु सुरुमा खास्सै आम्दानी भएन अहिले खुसी छु आफ्नै परिवार संग दुखम् सुखम् गरेकै छु घरबार राम्ररी चलाएकै छु’ कार्कीले भने ।

बुर्तिबाङ बजारमा अर्गानिक तरकारीको माग बढ्ढो रहेको बताउदै कार्कीले भने “उत्पादन गरेको तरकारी बजार पु¥याउन बोकेर लैजादाँ बढि समय लाग्छ, यातायातका साधनहरु भनेको बेलामा पाइदैनन्, उनले भने, आफ्नै गाउँ ठाँउमा केहि गर्नुपर्छ भन्ने मान्यतालाई मनन गर्दै कृषि पेशालाई अगालेको हु अबको समयमा पनि कृषि पेशा नै अगाल्ने सोचमा छु ।

आफ्नो व्यवसायलाई थप गर्ने सोचमा रहेको बताउदै कार्कीले बजारमा तरकारी माग बढ्ढो छ खेतबारी बाझै छन सबै सहर उन्मुख छन तर पनि रोजगारीकै निम्ति दैनिक बिदेशिने युवाको सङ्ख्या उच्च रहेपनि गर्न सकेको खण्डमा कृषिबाटै आफ्नै गाउँठाँउमा राम्रो आम्दानी गर्न सकिन्छ भन्ने अनुभव सुनाए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply