घनश्याम गौतम, गल्कोट २०७५ जेठ २४ । गल्कोट नगरापलिकाले बडा नम्बर ६ को शिवालय घाटबाट मजुबा हुदै हरिचौर ताराखोला म्याग्दी जोड्ने सडकको स्तरबृद्धिकार्यलाई तत्कालै सञ्चालन गर्ने तयारिमा जुटेको छ । गल्कोट नगरपालिकाले आर्थिक बर्ष २०७४÷०७५ बाट पुर्बाधार बिकास तर्फ बिनियोजित बजेट रु २० लाखको लागतमा मोटरबाटोको स्तरिकरण कार्य सञ्चालन गर्ने अन्तीम तयारीमा जुटेको नगर प्रमुख भरत शर्मा गैरेले जनाकारी दिए ।
नगरप्रमुख गैरेका अनुसार कुसिकोट नगरपालिकाको चन्द्रकोट देखी गल्कोट नगरपालिकाको बडा नम्बर ८ थालेपोखरा, हटिया,मजुबा हरिचौर हुदै ताराखोला तथा म्याग्दी जोड्ने लक्ष्यका आधारमा उक्त मोटरबाटोलाई साढे १२ मिटरको मापदण्ड कायम गरिएको बताए ।
बडा नम्बर ६ को शिबालय घाटमा निर्माणाधीन मोटरेबल पुलबाट सुरु गरि यस बर्ष करिब साढे ३ सय मिटर बाटाको स्तरिकरण गरिने नगरपालिकाले जनाएको छ ।
मापदण्ड बमोजिम गल्कोट नगरपालिकाको क्षेत्र भित्र सडक निर्माणको कार्यलाई सञ्चालन गर्न क्रमागत रुपमा बजेट बिनियोजन गरि स्तरीकरण गर्ने योजना नगरपालिकाको रहेको छ । नगरस्तरयि उक्त सडक निर्माणको लागी टेण्डर प्रक्रिया अगाडि बढाइएको छ । टेन्डर प्रक्रियामा योगेश निर्माण सेवा, केसी निर्माण सेबा र आरोग्य कन्सट्रक्सनले सहभागिता जनाएकोमा अहिले बिट ड्रप भएको र मूल्याङकनको चरणमा रहेको गल्कोट नगरपालिकाका अधिकृत प्रदिप चन्द्र सुबेदीले जनाकारी दिए । सुबेदीका अनुसार शुक्रबार सम्म टेण्डरको सबै प्रक्रिया सम्पन्न भएर निर्माण प्रक्रिया शुभारम्भ हुनेछ ।
केही दिनमै काम प्रारम्भ हुन्छ नगरप्रमुख गैरेले भने। “साढे १२ मिटरकोे मापदण्ड कायम गरिएको यो सडकको तत्कालको लागी ९ मिटरको चौडाई कायम गरि ग्राभेल गरिनेछ” ।
सडकको उत्तरतर्फ ३० सेन्टीमीटर चौडाई तथा ४५ सेन्टी मिटर उचाई भएको पक्की नाली निर्माण गर्ने गरि स्टीमेट गरिएको ईन्जीनियर कञ्चन कार्कीको भनाई छ ।
बनियोजित बजेट अनुरुप सडकको यस बर्ष बिस्तार गर्ने लम्बाई करिब साढे तिन सय मिटर भएकोले उक्त क्षेत्रमा मात्रै सडक फराकीलो बनाईने प्राबिधिक अर्जुन सुेबदीले जनाकारी दिए । ९ मिटर कायम गरिएको उक्त, क्षेत्रको सम्पुर्ण सडकमा सोलिङ तथा ग्राभेल गरिने नगरपालिकाले जनाएको छ ।
उक्त सडककोे मापदण्ड अबैज्ञानिक भएको भन्दै बडा नम्बर ५ र ६ का स्थानिय जग्गादाता र घरधनीले नगरपालिकाको ध्यानार्कषण गर्दै प्रेस बिज्ञप्ती जारि गरेका छन् । बिज्ञप्तीमार्फत मापदण्डको आलोचना गरेपनि दीर्घकालीन रुपमा सडकको बिस्तार आबश्यक रहेको जनाउदै नगरपालिकाले सडक बिस्तारलाई अगाडि बढाउन लागेको हो । हामीले तत्काल कसैको पनि घर बास भत्काउने योजना र स्थानियलाई अप्ठारोमा पार्ने गरि सडकको स्तरबृद्धि गर्न लागेका होईनौं । नगरप्रमुख गैरेले भने “सबै स्थानियलाई सहज हुने गरि साढे १२ मिटरको मापदण्ड अनुसार तत्काल ९ मिटर स्तरीकरण गर्न लागेका हौं, यसबाट सबै जग्गादाता र घरधनिलाई असहज हुदैन” ।
अहिले सम्म सडकमा नाली नहुदा समस्या बर्षात संगै हिलाम्मे बनेको उक्त सडक भने स्तरिकरण हुने भएको छ । अहिले उक्त सडकमा बगेको पानिले खाल्डाखुल्डी पार्नुका साथै यात्रालाई समेत जोखीम निम्त्याएको भएपनि स्तरिकरण भए यात्रामा सहजता आउने स्थानियको बुझाई छ ।
उक्त सडक हिलाम्मे हुदाँ दुई पाङ्ग्रे र स–साना चारपाङ्ग्रे सवारी साधनलाई सडक पार गर्नलाई समस्या छ । यस्तै यस सडकखण्डको दायाँ बायाँ किनारामा हिँडडुल गर्ने पैदलयात्रीलाई समेत समस्या भएको छ । पैदलयात्रा गर्दा चिप्लने डर र सवारी साधनले हिलो उछिट्याउने हुँदा हिल्ल्लाम्मे हुने अवस्था यात्रुलाई रहेको अबस्था छ । गलकोटका सडक लगाएतका दर्जन बढि सडक हिउदमा धुल्लाम्मे र बर्षातमा हिलाम्मे बन्ने गरेका छन् ।