Sorry, that menu does not exist.
 

बागलुङ देखी बेनी सम्मको भाडा समायोजन, अन्य क्षेत्रको भाडा समायोजन आगामी बैठकले गर्ने !

बागलुङ २०७५ जेठ २५ । धौलागिरी अन्चल यातायात व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालय बागलुङमा बसेको सरोकारवालाहरुको बैठकले बागलुङ सदरमुकाम देखी म्याग्दी सदरमुकाम बेनीबजार सम्मको सवारी भाडा समायोजन गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक दिपक रेग्मी, बाउबासंघका उपाध्यक्ष उमेश केसी, यातायात व्यवस्थापन समतिका प्रमुख राजेन्द्र घिमिरे, उपभोक्तमन्चका अध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठ, धौलागिरी जीप व्यवसायी समितिका अध्यक्ष विष्णु अधिकारी, सडक डिभिजन प्रमुख, ट्राफिक प्रमुख समेतको संयुक्त बैठकले बागलुङ बजार देखी रत्नेचौर सम्म १० किलोमिटर पक्की सडकको भाडा प्रति किलो मिटर ४ रुपयाँ ५० पैसा कायम गरेको छ ।

उपभोक्ता मन्चका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठका अनुसार रत्नेचौर देखी बेनी बजार सम्मको ७ किलो मिटर कच्ची सडकको भाडा रु ५ प्रति किमि कायम गरिएका छ । आज समायोजन गरिएको भाडा भन्दा बढी भाडा असुल गरिएमा कर्बाही गरिने निर्णय भएको पनि अध्यक्ष श्रेष्ठले बताए ।

बागलुङ सदरमुकाम देखी ग्रामिण भेगमा चल्ने सावरी साधनको भाडा दर आगामी बैठकमा समायोजन गरिने भएको श्रोतले बतायो । सदरमुकाम देखी मध्यपहाडी लोकमार्गमा चल्ने छोटो दूरीका सवारी साधन र कुस्मीसेरा चल्ने सवारी साधनहरुको भाडा समायोजन गरिने समेत श्रोतको दाबी छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply