Sorry, that menu does not exist.
 

देविस्थान माविको ५९ औं बार्षिकोत्सव सम्पन्न: एकै बर्षमा ६० लाख बढि चन्दा संकलन !

छविलाल पाण्डे बुर्तिबाङ २०७५ जेठ २५। देबिस्थान माध्यमिक बिद्यालय निसीखोला गांउपालीका १ को ५९ औं बािर्षक उत्सब कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।

गत शुक्रबारदेखि बिबिध आन्तरीक एवम बाह्य कार्यक्रमका साथ सुरु गरिएको कार्यक्रम अन्तर्गत आज निसीखोला गांउपालिका अध्यक्ष तारानाथ पौडेलले कार्यक्रमको उद्घाटन गरेका हुन् । कार्यक्रमको उद्घाटन पश्चात अध्यक्ष पौडेलले बोल्दै निसीखोला गांउपालिकाको शैक्षिक क्षेत्रको बिकासका निम्ती आफुहरु हरदम प्रतिबद्ध भएर अगाडि बढिरहेको बताउदै पछिल्लो सामुदायिक बिद्यालयको स्तर फरक भईसकेको बताए ।

बिगतमा बिद्यालय चन्दा संकलन गरेर तथा राज्यको भर पनुपर्ने बाध्यताका साथ सञ्चालन गर्नुको बिकल्प नभएको अबस्थामा अबको समयमा स्थानीय सरकारले समेत सहजिकरण गरेर शैक्षिक र भौतिक क्षेत्रको बिकास मार्फत सामुदायिक बिधालयको गुणस्तर बिकासमा अगाडि बढिरहेको उनको भनाई थियो । गतबर्षको तुलनामा यसबर्ष बजेट कम आएका कारण थप तयारी पुर्वक महत्वुपूर्ण आबस्यकताका आधारमा बिकास निर्माणमा गांउपालिका जुट्ने स्पष्ट पारे ।

त्यस्तै उनले बिद्यालयले चन्दा संकलन अभियानलाई समेत प्रभाबकारी रुपमा अगाडि बढाईरहेको बताउदै उतm संकलीत रकमले बिधालयको शैक्षिक एवम भौतिक क्षेत्रको बिकासमा महत्वपुर्ण भुमिका खेल्ने बताए ।

त्यस्तै कार्यक्रमका बरिष्ठ चन्दादाता हर्कबहादुर गुरुङले बोल्दै आफुले शैक्षिक क्षेत्रको बिकासका निम्ती धेरै संघसंस्थामा सहयोग गरीरहेको र आफुले अध्ययन गरेको आफनै ठांउको बिधालय देबिस्थान माविलाई समेत सक्दो आर्थिक सहयोग गरेको बताउदै उतm संकलीत रकमलाई सही ठाँउमा प्रयोग गर्न आग्रह गरेका थिए । कार्यक्रममा बिधालयका प्रअ झगबहादुर क्षेत्रीले आर्थिक बर्ष २०७४÷७५ को आर्थिक आयब्याय , शैक्षिक तथा भौतिक अबस्थाको बिषयमा प्रतिबेदन प्रस्तुत गरेका थिए ।

बिधालयले गत बर्षदेखि सुरु गरेको चन्दा संकलन अभियानबाट हालसम्म ३७ लाख ५३ हजार ६ सय ५६ रुपैया संकलन गरीसकेको र बोल चन्दाको रुपमा २२ लाख ७१ ह्जार ३ सय ४१ रुपैया उठान गर्ने कार्य जारी रहेको बताईएकोे छ । प्रतिबेदन अनुसार बिधालयले एकैबर्षमा ६० लाख बढि चन्दा संकलन गर्दे गरेको छ ।

आयोजित कार्यक्रममा बिधालय ब्यबस्थापन समिती अध्यक्ष ईन्द्रबहादुर मल्लको अध्यक्षता, निसीखोला गांउपालीका अध्यक्ष तारानाथ पौडेलको प्रमुख आतिथ्यता, समाजसेवि एवम बरिष्ठ चन्दादाता हर्कबहादुर गुरुङ, निसखोला गांउपालीका उपादक्ष शोभा कार्की, गांउपालीका प्रमुख प्रसासकीय अधिकृत सुशिल पनेरु, शिक्षाप्रेमि धिरप्रताप सिंहको बिशिष्ठ आतिथ्या, निसिखोला २ का अध्यक्ष कुविर बिश्वकर्मा, ३ का अध्यक्ष जुनबिक्रम शाहि, ४ का अध्यक्ष टिकानिीधि पौडेल, प्रभामावि श्रोत केन्द्रका श्रोत ब्यातिm टंकनाथ शर्मा, समाजसेवि दिलेन्द्र रामजाली, देबिस्थान मावि निवर्तमान प्रअ किरण पौडेल, लगाएत चन्दादाता, समाजसेवि, बिभिन्न संघसंस्थाका प्रतिनीधि, पत्रकार, शिक्षक लगाएतको आतिथ्यता रहेको थियो ।

उतm अबसरमा बिधालयलाई सहयोग गर्ने बरिष्ठ चन्दादाता हर्कबहादुर गुरुङ, उहांकी धर्मपत्ीन मनकुमारी गुरुङ सहित सहभागि चन्दाताहरुलाई सम्मान पत्रले सम्मान गर्नुका साथै बिधालयको आन्तरीक एवम बाह्य कार्यक्रममा उत्कृष्ठ समुहलाई समेत पुरस्कृत गरीएको थियो । कार्यक्रम शिक्षक चन्द्रशिंह रामजालीको स्वागत, दिपक घिमिरे, र पुरनध्वज गुरुङको सञ्चालानमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply