Sorry, that menu does not exist.
 

संस्कृतिको संरक्षण गर्नु सबैको दायित्व : मुख्य न्यायाधीश सिवाकोटी

कोपिला कंडेल, बागलुङ २०७५ जेठ २७ । कलाकार बाबुराम सरस्वती बज्राचार्य स्मृति कोषद्धारा संचालित यस बर्षको पुरस्कार एबं सम्मान बागलुङको लोकप्रिय हनुमान नाँच संरक्षण परिषदलाई प्रदान गरिएको छ । प्रत्येक दुईबर्षमा कलाकिारता क्षेत्रमा योगदान पुर्याउने ब्यक्ति तथा संस्थालाई प्रदान गरिदै आएको सो कोषको ७ औ पुरस्कार तथा सम्मानबाट हनुमान नाच संरक्षण परिषदलाई नगद २० हजार सहित सम्मान पत्र प्रदान गरिएको हो ।

सो सम्मान पुनराबेदन उच्च अदालत पोखरा बागलुङ ईजलासका मुख्य न्यायाधीश शेषराज सिवाकोटी, कोषका अध्यक्ष काजि रोशन र संस्थापक अध्यक्ष बिकास कुमार शाक्यले हनुमान नाँच संरक्षण परिषदका अध्यक्ष तिर्थ प्रदास श्रेष्ठलाई नगद सहित सम्मान पत्र र दोशल्ला ओढाएर सम्मान गरेका थिए ।

सम्मान पछि बोल्दै मुख्य न्यायाधीश सिवाकोटीले संस्कृतिको संरक्षण गर्नु सबैको दायित्व भएको बताउदै कला संस्कृति र साहित्यको जर्गेना गर्नका लागि कलाकार बाबुराम सरस्वती बज्राचार्य स्मृति कोषको महत्वपुर्ण योगदान रहको बताए । उनले गौरबशाली ईतिहास बोकेको हनुमान नाँच परिषदलाई सम्मान गरेर कोषले प्रशंसनीय कार्य गरेकोमा खुसी व्यक्त गरे ।

सो अवसरमा हनुमार नाँच संरक्षण परिषद एबं सम्मानित संस्थाका अध्यक्ष तिर्थ प्रसाद श्रेष्ठ, पुर्ब प्राज्ञ प्रेम छोटा, समाजसेबी देब बहादुर श्रेष्ठ र बाउबा सघंका पूर्व अध्यक्ष बसन्त कुमार श्रेष्ठ लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

कार्यक्रम कोषका अध्यक्ष काजि रोशनको अध्यक्षता तथा स्वागत, कोषका संस्थापक राजन कुमार शाक्यको धन्यबाद मन्तब्य र सचिव ईश्वर बज्राचार्यको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply