Sorry, that menu does not exist.
 

संरक्षण कविता आन्दोलन यूरोप पाँचौ काकोर्यक्रम ब्रसेल्सस्थित अटोमियम क्षेत्रमा सम्पन्न !

ब्रसेल्स, बेल्जियम २०७५ जेठ २७। संरक्षण कविता आन्दोलन यूरोपको पाँचौ कार्यक्रम यही जुन १० मा ब्रसेल्सस्थित अटोमियम संयुक्त गोलकार टावर क्षेत्रमा सम्पन्न भयो ।

स्थानीय जीवनशैली र प्रकृतिका विम्वसँग साक्षात्कार गरी मौलिक रचना सिर्जनाको अभिप्राय बोक्दै अर्धवार्षिक रुपमा आयोजना गरिने आन्दोलन यो कार्यक्रमसँगै तेश्रो वर्षमा प्रवेश गरेको छ ।

कार्यक्रमको प्रारम्भमा आन्दोलनका सँयोजक दीपेन्द्र केसीले आन्दोलनवारे चर्चा गरेका थिए भने अर्का कवि एवँ ज्येष्ठ अभियन्ता विमल गिरीले अन्दोलनको इतिहासबारे प्रकाश पारेका थिए ।

सो अवसरमा राम प्रसाद सापकोटा, विमल गिरी, लोकनाथ शर्मा, अनेसास बेल्जियमका उपाध्यक्ष व्दय मोहन खत्री र परमानन्द सापकोटा, सूर्य ढकाल, रामचन्द्र सापकोटा तथा दीपेन्द्र केसीले स्थानीय विम्बमा रचित कविता, मुक्तक र स्मरणहरु वाचन गरेका थिए ।

सरुभक्तको अगुवाईमा २०५३ सालदेखि पोखराबाट ग्रामीण जनजीवन,परिवेशमा साक्षात्कार गर्दै स्थलगत लेखन र वाचन गर्ने परम्पराका साथ सँचालित आन्दोलनलाई अन्तर्राष्ट्रियकरण गर्ने दिशामा सन् २०१६ बाट बेलिज्यममा पनि यो आन्दोलनको शुरुवात गरिएको हो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply