Sorry, that menu does not exist.
 

बडीगाड अल्पसंख्यक समूहको आयोजनामा चार दिने तालिम सुरु !

दिनेश शर्मा, बडीगाड २०७५ जेठ २८ । बडीगाड गाउपालिकामा उधोग स्थापना गरौ, स्वरोजगार बनौ भन्ने मुल नाराका साथ बडीगाड अल्पसंख्यक समूह द्वारा चार दिने तालिमको आईतबार गाउपालिका अध्यक्ष मेहर सिँह पाईजाले उद्घाटन गरेका छन् । बडीगाड गाउपालिकाको समन्वय र बडीगाड अल्पसंख्यक समूहको आयोजनामा सुरु भएको तालिम आगामी जेठ ३० गते सम्म चल्ने छ ।

कार्यक्रममा प्रमुख अतिथी पाइजाले आफ्नो खुट्टामा उभिन सकेमात्र धेरै बिषयमा अगाडी बढ्न सहज हुने बताउदै आत्मनिर्भर र स्वरोजगारमा केन्द्रित हुन तालिममा सहभागीलाई आग्रह गरे ।

तालिममा अल्पसंख्यकको सम्बैधानिक हक अधिकार, ,नेतृत्व बिकास, उधमसिलता बित्तिय साक्षरता लगायतका बिषयमा तालिम केन्द्रित हुने आयोजकले जानकारी दिएका छन् ।

अल्पसंख्यक समुहका अध्यक्ष्य छबिलाल छन्त्याल को अध्यक्षतामा भएको तालिमको उद्घाटन कार्यक्रममा वडा न २ की वडाअध्यक्ष्य हिमा खरेल, सदस्य गोम बहादुर कुमाल, महिला तथा बालबालिका समन्वय समितिकी अध्यक्ष्य बिना थापा, प्रशिक्षक यम थापा, खर्बाङ स्वास्थ्य इकाइ प्रमुख रमेश फुयाल, समाजसेवी सुनिल शेरचन लगायतको उपस्थिती रहेको थियो।

कार्यक्रम गोम बहादुर कुमालको स्वागत मन्तब्य र ढालेन्द्र शेरचनको सन्चालनमा सम्पन्न भएकोथियो।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply