योगेन्द्र विश्वर्का, बुर्तिवाङ २०७५ जेठ ३० । ढोरपाटन नगरपालिकाले इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरिक्षक कृष्ण रानालाई एक कार्यक्रम बीच आज बिदाई गरेको छ । कार्यक्रममा जनप्रतिनिधी बिभिन्न राजनितिक दलका पार्टी प्रतिनिधी, कर्मचारी मिलन केन्द्रका कर्मचारी प्रतिनिधी पत्रकार लगाएतको उपस्थिति रहेको थियो । ढोरपाटन नगरपालिकाले प्रहरी निरिक्षक कृष्ण राना इलाका प्रहरी कार्यालय बुर्तिबाङमा १८ महिना कार्यरत रहेर सुरक्षाको तर्फबाट रामा्रे भुमिका निभाएकोले प्रशंसा पत्र अबिर र दोसल्ला ओडाएर बिदाई गरिएको थियो ।
कार्यक्रममा ढोरपाटन नगरपालिकाका नगरप्रमुख देबकुमार नेपालीले प्रहरी निरिक्षक कृष्ण राना यस ठाँउमा आएर सबैसंग सहकार्य समन्वयकारी भुमिकाका साथ आफ्नो कार्य सम्पादन गरेको र स्थानिय चुनाव प्रदेश प्रर्तिनिधी लगाएतका बिभिन्न चरणका चुनाबमा कर्तव्य निष्ठ र जिम्मेवार भएर काम गरेकोले उच्च प्रसंसा गदै आगामी दिनमा यस्तै सफलताको कामना गरेका थिए ।
बिदाई भएर जाने प्रहरी निरिक्षक कृष्ण रानाले यस ठाउमा १८ महिनाको बसाईमा कुनै अप्रिय घटना भएन र यो नहुनुमा पनि यहाँको समुदायका मानिसहरुको सकरात्मक सोच सकरात्मक कार्य अनि प्रहरीसँगको सहकार्य भएकोलेनै आफ्नो कार्य अबधि सफल भएको बताए ।
कार्यक्रममा कर्मचारी मिलान केन्द्रको तर्फबाट मायाको चिनो प्रदान गर्दै एकीकृत सेवाकेन्द्र बुर्तिबाङका प्रमुख जनक थापाले १८ महिनाको बसाईमा सफलता पुर्वक कार्य सम्पादन गरेकोले उच्च मुल्याङ्कन गरिएको बताए ।
कार्यक्रम ढोरपाटन नगरपालिकाका नगरप्रमुख नेपालीको अध्यक्षा भने कार्यक्रमको सञ्चालन ढोरपाटन नगरपालिकाका प्रसासकीय अधिकृत धनप्रसाद पोख्रेले गरेका थिए ।
यसैविच इलाका प्रहरी कार्यलय बुर्तिबाङमा नवआगन्तुक प्रहरी निरिक्षक ओम प्रकाश यादवलाई प्रहरी कार्यलयमा स्वागत गरिएको छ । इलाका प्रहरी कार्यलय बुर्तिबाङ प्रहरी निरिक्षक रानाको रुपन्देही जिल्ला प्रहरी कार्यलयमा सरुवा भएपछी कपिलवस्तुबाट प्रहरी निरिक्षक यादव बुर्तिबाङ आएका हुन् ।
ऋष्अिप