Sorry, that menu does not exist.
 

गल्कोट नगरपालिकाको हटियामा शैक्षिक प्रदर्शनी तथा बालमेला कार्यक्रम सम्पन्न !

गुमानसिँह भण्डारी, गल्कोट २०७५ असार १ । गल्कोट हटियामा शैक्षिक प्रदर्शनी तथा बालमेला कार्यक्रम सम्पन्न भएको छ ।

सो कार्यक्रममा बोल्दै गल्कोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेले गल्कोट नगरपालिकाले नगरपालिका भित्रको शिक्षाको स्तरबृद्धि गर्नका लागी ५ बर्षे योजना बनाएको बताए ।

गल्कोटमा देखिएको शैक्षिक समस्यालाई समाधान गर्नका लागी बिशेष योजना बनाएको उनको भनाई थियो । गल्कोट नगरपालिकाको कार्यालय शिक्षा तथा खेलकुद शाखाको आयोजनामा सञ्चालन गरिएको नगरपालिका स्तरिय शैक्षिक प्रदर्शनीमा विद्यार्थी आफैले बनाएका विभिन्न शैक्षिक सामाग्रीहरु राखिएका थिए ।

गल्कोट नगरपालिका भित्रका २८ बिद्यालयका बिद्यार्थीहरुले निर्माण गरेका सामाग्री पर्दर्शनीमा राखिएपछि गल्कोट नगरपालिका भित्रका जनप्रतिनिधि, शिक्षक, बिद्यार्थी, अभिभावकहकरुले प्रत्यक्ष अवलोकन गरेका थिए । यसबाट विद्यार्थिले सिकेका कुराहरु प्रत्यक्ष रुपमा सबैलाई जनकारी गराउँने हेतुले आयोजना गरिएको यस कार्यक्रमले सम्पूर्ण अवलोकन कर्तालाई सकारात्मक रुपमा फाईदा भएको गल्कोट नगरपालिकाका सामाजिक बिकास तथा समन्वय समितिका संयोजक हिम बहादुर भण्डारीले बताए ।

शैक्षिक सामाग्री प्रर्दशनी कार्यक्रममा सहभागी बिद्यार्थीहरुले आफैले शैक्षिक सामाग्री निर्माण गरेका हुन् । स्थानीय स्तरमा उपलब्ध हुने सामाग्रीबाट बिद्यार्थी आफैले शैक्षिक सामाग्री निर्माण गरेको दुदिलाभाटी ईङलिस बोडिङ स्कुलका प्रिन्सिपल कुमार गुरुङले बताए ।

नेपाली भाषामा राम्रो ज्ञान हासिल गरेमा मात्र विद्यार्थीले अन्य विषयमा पनि राम्रो गर्ने भएकाले यस प्रकारको कार्यक्रमको खांचो सबैतिर आवश्यक भएको चौराह माद्यामिक बिद्यालयका प्रध्यानाध्यापक बिन्द्र बहादुर खत्रीले बताए ।

प्रदर्शनीमा सहभागी बिद्यालयका बिद्यार्थीहरुले स्टल निर्माण गरि आफ आफना शैक्षिक सामाग्री राखेका थिए । शैक्षिक सामाग्री प्रदशनी कार्यक्रममा जनजागृति माद्यमिक बिद्यालय गल्कोट नगरपालिका ८ काडेबास प्रथम, गोल्डेन फ्युचर बोर्डिङ स्कुल ४ व्दितिय, पृथ्वी माद्यमिक बिद्यालय हरिचौर तृतिय र न्यु लाईफ आवसिय माद्यमिक बिद्यालय गनपा ६ सान्त्वना भएका छन ।

त्यस्तै आधारभुत तह तर्फ मनेवा आधारभुत बिद्यालय प्रथम, बालज्योति प्राथमिक बिद्यालय व्दितिय, सानोरिघा आधारभुत बिद्यालय तृतिय र नवयुवक आधारभुत बिद्यालय सान्त्वना भएका छन । त्यस्तै बिद्यार्थी प्रतिभा तर्फ शिव माद्यामिक बिद्यालय प्रथम, जनजागृति माद्यामिक बिद्यालय द्धितिय, गलकोट माद्यामिक बिद्यालय तृतिय, मनेवा आधारभुत बिद्यालय र महेन्द्र माद्यामिक बिद्यालयका बिद्यार्थी सान्त्वना भएका छन ।

पछिल्लो समय गल्कोटको शैक्षिक अवस्था खस्किदो क्रममा देखिएपछि यस वर्ष देखी शैक्षिक क्षेत्रलाई माथि उकास्न गल्कोटमा विभिन्न समयमा विभिन्न गतिविधिहरु भई रहेका छन् । शैक्षिक जगतलाई बलियो बनाउन तथा सरकारी तथा निजि विद्यालयमा विद्यार्थीलाई सहजै रुपले कक्षा संचालन गर्न गलकोटभर सरकारी तथा गैर सरकारी निकायको चासो निकै बढ्दै गइरहेको छ ।
र्यक्रम गल्कोट नगरपालिकाका सामाजिक बिकास तथा समन्वय समितिका संयोजक हिम बहादुर भण्डारीको अध्यक्षता, शिक्षा साखाका अधिकृत प्रकाश ओझाको स्वागत मन्तब्य र गल्कोट मद्यामिक बिद्यालयका शिक्षक राम बहादुर खत्रीको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply