Sorry, that menu does not exist.
 

नेपाली, नेपालको मालिक नभएसम्म नेपालको विकास असम्भव : अध्यक्ष केसी

गुमानसिँह भण्डारी गल्कोट २०७५ असार २ । नेपालका लागी संघियता आवश्यक नभएको राष्ट्रिय जनमोर्चाका केन्द्रिय अध्यक्ष चित्र बहादुर केसीले बताएका छन् । राष्ट्रिय जनमोर्चाको राजनैतिक प्रचार र साङ्गठनिक कार्यक्रमको अवसरमा गल्कोटमा आयोजना गरिएको कार्यक्रममा बोल्दै केसीले नेपालका लागी संघियता आवश्यक नभएको भन्दै यसको खारेज हनुपर्ने माग गरे ।

अध्यक्ष केसीले आफुलाई जनताले ३ पटक सम्म सांसदमा निर्वाचित गरे पनि आफुले कुनै भुमिका खेल्न नसकेको स्किार गर्दै आफु निर्वाचित भए पनि बहुमत नहुदाँ जनताको आवाजलाई ब्यवहारमा लागु गर्न नसकेको स्वीकार गरे ।

केसीले नेपालका सांसद बिदेशीको ईसारामा चल्ने गरेको आरोप लगाउदै निर्वाचित हुने सांसदहरुले आफनो पार्टी र परिवार, आफन्तका लागी मात्रै साच्ने गरेका कारण जनताले राहत महसुस गर्न नसकेको खुलासा गरे ।

नेपालका भएका स्रोत, साधनको बिदेशीले प्रयोग गरेको बताउदै जबसम्म नेपाली नेपालको मालिक नभएसम्म नेपालको विकास असम्भव भएको केसीको भनाई छ । केसीले राजमोले विगत केही महिना देखि पेट्रोलियम पदार्थमा भइरहेको मूल्यवृद्विको विरोध गर्दै मूल्यवृद्वि घटाउन सरकारसित माग गरेको बताए । यो मूल्यवृद्धिले यातायात, उद्योग व्यवसायतथा सर्वसाधारणका दैनिक जीवनमा प्रत्यक्ष प्रभाव पारेको भन्दै केसीले जनमोर्चा यसको सदैव खबरदारी गर्ने बताए ।

देशको आर्थिक स्थिति र सर्वसाधारण मानिसको आर्थिक अवस्थामा भने कुनै पनि सुधार आएको छैन, केसीले भने यो स्थितिमा हामीले यो मूल्यवृद्धिको विरोध गर्दछौँ र उक्त मूल्यवृद्धिलाई घटाउन सरकारसँग विशेष आग्रह गर्दछौँ ।

नले जनमोर्चाले राजनीतिक प्रचार र साङ्गठनिक कार्य देशव्यापी सघन रूपमा गर्नु पर्ने महशुस गरी त्यसका लागि आगामी साउन मसान्तसम्मको कार्यक्रम बनाएको बताए ।

कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य राजेन्द्र ढुङगाना, लक्ष्मी बासकोटा, जिल्ला अध्यक्ष अमर थापा लगायतले मन्तब्य व्यक्त गरेका थिए ।
कार्यक्रममा जनबादी गायक जीवन शर्माको सांगीतिक प्रस्तुति रहेको थियो ।

कार्यक्रम राष्ट्रिय जनमोर्चाका जिल्ला उपाध्यक्ष बेदिलाल सापकोटाको अध्यक्षता,, गल्कोटका अध्यक्ष टंक केसीको स्वागत मन्तब्य र अखिल छैठौका केन्द्रिय महासचिव भिमलाल पोखरेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply