Sorry, that menu does not exist.
 

जैमिनी नगरपालिकाव्दारा नगरबासीहरुबाट सुझाव संकलन, नगरपालिकाको राम्रो पक्ष : सहभागी

सुजन प्रेमी, कुस्मीसेरा २०७५ असार ५ । जैमिनी नगरपालिकाले नगरको बजेट तथा कार्यक्रमलाइ व्यवस्थित गर्नका लागी, सुझाव संकलन कार्यक्रम गरेको छ । मंगलवार नागरिक समाजका अगुवा, राजनितीक दल, बिभिन्न संघ संस्थाका प्रमुख एवं प्रतिनिधि सञ्चारकर्मी लगाएत सरोकारवाला व्यक्तीहरु संग राय सुझाव संकलन गरिएको हो । नगरपालिका केन्द्र कुस्मीसेरा स्थित वडा नं १ को सभाहलमा भएको कार्यक्रममा जैमिनी नगरपालिकाको कार्य सम्पादन देखी नगरपालिकाका भावी योजना र बजेटका बारेमा सुझाव पेश गरिएको थियो ।

नगरभित्रका जनताहरुलाइ नगरका कार्यहरु, योजना तथा कार्यक्रमको वारेमा जानकारी दिने उद्धेष्यले सो कार्यक्रमको आयोजना गरिएको नगरपालिकाका प्रमुख इन्द्रराज पौडेलले जानकारी दिए ।

कार्यक्रममा ऐच्छिक रुपमा सुझाव माग गरिएको थियो जसमा बक्ताहरुले लिखित र मौखिक सुझाव पेश गरेका थिए ।

कार्यक्रममा बोल्ने बक्ताहरुले अधिकांश नगर बिकासमा शिक्षा स्वास्थ्य, यातयात खानेपानी, तथा कृषीलाइ प्राथमिकता दिनुपर्ने धारणा राखेका थिए ।
कार्यक्रम जनता समक्ष प्रभावकारी होस भनेर सुझाव संकलनका लागी भेला नै गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिष्णु सुवेदीले बताए । बक्ताहरुले सुझाव संकलन नगरपालिकाको राम्रो पक्ष भएकाले आगामी दिनहरुमा पनी नगरपालिकाको कार्य र पारदर्शीता कायम गराउन आग्रह गरेका थिए । कार्यक्रम नगर प्रमुख पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply