Sorry, that menu does not exist.
 

तमानखोला गाउँपालिका बालविवाह, बहुविवाह र लैंगिक हिंशा विरुद्धको अभियानमा !

सुमन सुनार बुर्तिवाङ २०७५ असार ५ । बागलुङको पश्चिम क्षेत्र स्थित तमानखोला गाउँपालिका यतिवेला आफ्नो गाउँपालिकामा बालविवाह, बहुविवाह र लैंगिक हिंशा विरुद्धको अभियानमा सक्रिय देखिएको छ ।

आफ्नो पालिकामा देखिदै गएका समस्यालाई न्यूनिकरणका लागि पालिकाले नै योजना बनाएर यो अभियान थालेको गाउँपालिकाका अध्यक्ष जोकालल बुढाले ईबागलुङलाई बताए । आफ्नो पालिकालाई बालविवाह, बहुविवाह र लैंगिक हिंशामुक्त पालिका बनाएर जाने विषयमा आफूहरु लागि परेको अध्यक्ष बुढाले जानाकारी दिए ।

सामाजिक विकृतिका रुपमा रहेको उक्त समस्या स्थानीय स्तरमा चालचलन, रितिरिवाज र परम्परासँग जोडिएर आएपछि एकैचोटी हटाउन अफ्ठेरो परिरहेको बताउँदै गाउँपालिकाका अध्यक्ष बुढाले, आफूहरुले यस्ता मुद्दाहरु आएमा सँगै बसेर सहजीकरण गरिरहेको बताए ।

बालविवाह, बहुविवाह र लैंगिक हिंशा विरुद्ध डकुमेन्ट्री समेत गाउँपालिकाले तयार पारेको छ । समस्या आएपछि उक्त डकुमेन्ट्री देखाएपछि समस्या समाधान प्रति लाग्ने गरेको उनको भनाई छ । लैंगिक हिंशा, वालिकाहिंशा लगायतका मुद्धाहरुमा अझैपछि स्थानीय महिलाहरु खुलेर आउन नसकेको अवस्था गाउँपालिकामा रहेको गाउँपालिकाका उपाध्यक्ष एवं न्यायिक समितिका संयोजक मानसरी शेरचनले बताईन् । वालविवाहका मुद्दाहरु ३ वटा आएको र त्यसमा तत्काल छलफल गरि सम्बन्ध विच्छेद गराएर पठाएको उनको भनाई छ ।

त्यसैगरि गाँउपालिकाले सोमबार देखी गाँउपालिकाका विभिन्न वडाका विद्यालयहरुमा बालविवाह, बहुविवाह र लैंगिक हिंशा विरुद्ध सडक नाटक प्रस्तुत गर्ने कार्यक्रम समेत सञ्चालन गरेको छ । सोमबार गाँउपालिकाको बोंगादोभानमा गाँउपालिका स्तरिय कार्यक्रमको आयोजना गरि नाटक प्रस्तुत गरिएको थियो ।
यसैविच आज वडा नं. १ र ५ मा नाटक प्रस्तुत गरिएकोे छ । वडा नं. १ बोंखानी स्थीत भुमी प्राथमिक विद्यालय र वडा नं. ५ खुंखानी स्थीत शान्ती माध्यमिक विद्यालयमा एक कार्यक्रमको आयोजना गरि नाटक प्रस्तुत गरिएको, कार्यक्रमको सहजीकरण संस्था अविरल कला केन्द्र काठमाण्डौकी कविता राईले जानकारी दिईन् ।

कार्यक्रममा अविरल कला केन्द्र काठमाण्डौका कविता राई र किशोर डंगोलले ५ दिन लगाएर स्थानीय युवा युवतीलाई सडक नाटक खेल्न सिकाएका थिए । स्थानीय स्तरमा वालविवाह कसरी हुन्छ, बहुविवाहका घटना कसरी भइरहेको छ र त्यसको असर लैगिक हिंशामा परिणत हुँदा समाजमा कस्तो प्रभाव परेको छ, वाविवाहका क्रममा कम उमेरमा विवाह गरेका वालिकाहरुमा देखिने स्वास्थ्य समस्यालाई नाटक मार्फत उजागर गरिएको थियो ।

समस्या उजागर गर्ने सन्देश दिएको नाटकपछि समस्याको समाधान सरोकारवाला पक्षले कसरी गर्न सक्छन भन्नेमा केन्द्रित कार्यक्रममा गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समितिका संयोजक मानसरी शेरचन, बोंगादोभान प्रहरी चौकीका प्रमुख पदम नेपाली लगायत जनप्रतिनिधि, स्वास्थ्यकर्मीलाई स्थानीयले जिज्ञासा राखेका थिए । जिज्ञासाका पछि आ आफ्नो स्थानबाट जवाफ दिंदै सबैको सहकार्यबाट समाजमा रहेको विकृति विंगतिलाई अटाउने उहाँहरुको प्रतिवद्धता समेत रहेको थियो । कार्यक्रममा विद्यालयका शिक्षक, विद्यार्थी, स्थानिय समाजसेवी, बुद्धिजिवी लगायतको सहभागीता रहेको थियो ।
कार्यक्रममा प्रस्तुत गरिएको सडक नाटकको सहजीकरण सरिता गोतामेले गरेकी थिईन भने समग्र कार्यक्रमको सहजीकरण भने, अविरल कला समुह काठमाण्डौकी अध्यक्ष कविता राईको गरेकी थिईन् ।

यता बालविवाह, बहुविवाह र लैंगिक हिंशा विरुद्धको कार्यक्रम सञ्चालन भइरहँदा सोमबार १८ वर्ष मुनी उमेर रहेकी एक वालिकाले वालविवाह गरेको मुद्दा गाउँपालिकामा आयो । गाउँपालिका अध्यक्ष, उपाध्यक्ष प्रहरी प्रतिनिधि, विवाह गर्ने केटा तथा केटी दुवै पक्षलाई गाउँपालिकाले तयार पारेको डकुमेन्ट्री देखाएपछि उनीहरुको पनि संबन्ध विच्छेद गरि पठाइएको अध्यक्ष बुढाले बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply