Sorry, that menu does not exist.
 

बागलुङ जिल्लाका पर्यटकीय एवं धार्मिक महत्वका क्षेत्रहरु समेटेर डकुड्रामा निर्माण गरिने

बागलुङ २०७५ असार ६ । बागलुङका पर्यटकीय तथा धार्मिक महत्वका क्षेत्रहरु समेटेर डकुड्रामा निर्माण गरिने भएको छ । बागलुङ डकुड्रामा तथा जनता डिजिटल प्रा.लि.को सहकार्यमा उक्त डकुड्रामा निर्माण गर्न लागिएको मंगलबार पत्रकार सम्मेलनमा जानकारी दिईएको हो ।

बागलुङ जिल्लामा रहेका पर्यटकीय एवम् धार्मिक महत्वका क्षेत्रहरुको नेपाल लगायत विश्वमा प्रचार प्रसार गर्नका लागि उक्त डकुड्रामा बनाउन लागिरहेको व्यवस्थापक विष्णु खत्रीले बताए ।

झण्डै डेढ देखि दुई घण्टा लामो निर्माण हुने डकुड्रामामा जिल्लामा रहेको ढोरपाटन, कालिका मन्दिर, पञ्चकोट, गाजा दह, घुम्टे, गल्कोट दरवार, भकुण्डेको भ्यू टावर लगाएतका पर्यटकीय तथा धार्मिक हिसावले महत्व बोकेका क्षेत्रहरु समावेश गरिने सम्मेलनमा जानकारी दिईएको थियो ।

झण्डै १४ लाख रुपयाँकोे लागतमा निर्माण हुने उक्त बृत्तचित्रमा स्थिनीय लोकभाका गीत सहित चर्चित कलाकारहरुको भूमिका हुने छ । साउनको अन्तिमवाट छायाङ्कन हुने डकुड्रामा निर्माणको लागि लाग्ने लागत पर्यटन प्रेमी, शुभचिन्तक तथा स्थानीय तहहरुवाट संकलन गरिने व्वस्थापन समितिले बताएको छ । डकुड्रामाले जिल्लाको पहिचान झल्काउनुका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा जिल्लाको पहिचान दिने आयोजकले विश्वास लिएको बताए ।
पत्रकार सम्मेलन बागलुङ डकुड्रामा तथा जनता डिजिटल प्रा.लि.सचिव गल्कोट निवासी मोहन के.सीको अध्यक्षता तथा विष्णु खत्रीको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply