गुुमानसिँह भण्डारी, गल्कोट २०७५ असार ६ । गल्कोटमा सामुदायिक र सस्थागत बिद्यालय समायोजन हुने बिषयले बिद्यालय ब्यवस्थापन समिति दुई चिरा देखिएका छन । गल्कोट नगरपालिका वडा नम्बर ७ को जनहित माद्यमिक बिद्यालय र गल्कोट ईङलिस स्कुल बिच समायोजन हुने बिषयले बिद्यालय ब्यवस्थापन समिति, अभिभावक संघ समितिमा बिबाद उत्पन्न भएको छ । जनहित माद्यमिक बिद्यालयमा बिद्यार्थी संख्या कम भएको भन्दै संस्थागत बिद्यालयमा समायोजन गर्न लागिएको जनहित माद्यमिक बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष दल बहादुर थापाले बताए । थापाका अनुसार केहि दिन पहिले बसेको दुई बिद्यालय ब्यवस्थापन समिति, अभिभावक र जनप्रतिनिधिको भेलाले समायोजनको बिषयलाई टुङ्गो नलगाएका कारण आगामि असार १४ गते बस्ने वडा भेलाले टुङ्गाउने बताए । उनले हाल गल्कोट ईङलिस स्कुलबाट जनहित माद्यमिक बिद्यालयका नामबाट बिद्यालय सञ्चालन हुने जानकारी दिए ।
बिद्यालय ब्यवस्थापन समितिका सदस्य ज्ञान बहादुर थापा, पबित्रा दर्जी, होम बहादुर थापा, शिक्षक अभिभावक संघ समितिका संयोजक घनश्याम थापा, सदस्य कृष्ण बहादुर थापा, राम बहादुर बिक, बाटुली केसी र बिद्यालयका पुर्व ब्यवस्थापन समितिका अध्यक्ष तथा सल्लाकाहार खिम बहादुर थापा भने जनहित माद्यमिक बिद्यालयलाई कुनै पनि हालतमा समायोजन गर्न नहुने बताउदै आएका छन । केहि ब्यक्तिहरुको संस्थागत बिद्यालयमा सेयर भएका कारण आफनो सेयर सुरक्षित गर्नका लागी समायोजन गर्न खोजेको उनिहरुले आरोप लगाएका छन । हामी बिद्यालय कुनै पनि हालतमा समायोजन गर्न दिदैनौ बिद्यालय ब्यवस्थापन समितिका सदस्य ज्ञान बहादुर थापाले भने । बरु जनहित माद्यमिक बिद्यालयसँगै अरु कुनै बिद्यालय सहकार्य गरेर कक्षा ११, १२ वाड भित्रको जुनकुनै स्थानबाट सञ्चालन गर्न पनि हामी राजी छौ थापाको भनाई छ । थापाका अनुसार केहि ब्यक्तिहरुले दुई बिद्यालय समायोजन भए पनि १ देखि १० सम्मको पढाई हाल सञ्चालन भईरहेको ठाउमा हुने बताए पनि आफुहरु त्यसमा सहमत नभएको स्पष्ट पारे ।
त्यस्तै गल्कोट नगरपालिका ७ का अध्यक्ष तथा गलकोट ईङलिस स्कुलका मुल समिति संयोजक टिका बहादुर थापाका अनुसार गलकोट ईङलिस स्कुल सहकार्यमा गई जनहित माद्यमिक बिद्यालयको नामबाट सञ्चालन गर्न तयार रहेको बताए । उनले जनहित माबिका केहि सदस्यहरुले बिद्यालय समायोजन हुदाँ साथ हाल सञ्चालन भएको ठाउबाटै हट्ने पो हो कि भन्ने आशांकाले असहमति जनाएको बताए ।
दीर्घकालीन रुपमा बिद्यालय सञ्चालन गर्नका लागी बिद्यालय समायोजन गर्नुको बिकल्प नरहेको उनको भनाई छ ।