Sorry, that menu does not exist.
 

ईप्रका बुर्तिवाङको समन्वयमा सामुदायिक सेवा केन्द्र गठन

सुमन सुनार, बुर्तिवाङ २०७५ असार ६ । बुर्तिवाङ बुधबार आयोजित स्थानीयकोे भेलाले दुर्गादेवी घर्ती मगरको अध्यक्षतामा १९ सदस्यीय सामुदायिक सेवा केन्द्र गठन गरेको छ । ईलाका कार्यालय बुर्तिवाङको समन्वयमा गठित केन्द्रको उपाध्यक्षमा गुञ्जबहादुर भण्डारी, सचिवमा नरहरी भुसाल, कोषाध्यक्षमा दिलमायाँ पौवी, सह सचिवमा सिता कँडेल, अन्य सदस्यहरुमा ऋतुवर्ण पौडेल, रामनारायण सुवेदी उत्तमबहादुर महत, लालबहादुर घर्ति मगर, धु्रव प्रसाद श्रेष्ठ, निमबहादुर घर्ति क्षेत्री, शालिग्राम शर्मा, ढालेन्द्र छन्त्याल, मनकुमारी गैरे, ओमकुमार नेपाली, खीमकुमारी शेरचन, अमरद्धिन मियाँ रहेका छन् ।

यस्तै समितिका स्थानीय वडाका वडा अध्यक्षहरु वडा नं. १ का अध्यक्ष चित्रबहादुर भण्डारी, वडा नं. २ का वडा अध्यक्ष युवराज महत, वडा नं. ३ का वडा अध्यक्ष हेमेन्द्र घर्ति तथा इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक ओम प्रसाद यादव पदेन सदस्य रहेका छन् ।
समाजमा शान्ति सुरक्षा कायम गर्न प्रहरी र स्थानीय नागरिकको समन्वय तथा समाजमा हुने विविध घटनाक्रमको विश्लेषण अनुसन्धान र मेलमेलापका लागि उक्त समितिले काम गर्ने जनाइएको छ । समाजमा रहेका विकृति विसंगति विरुद्ध सचेतना अभियान, अन्तरक्रिया कार्यक्रमहरु सञ्चालन गर्ने निर्देशिकामा उद्धेश्य तय गरिएको छ ।

स्थानीय अगुवा नागरिक तथा संघ संस्थाका प्रतिनिधि तथा जनप्रतिनिधि सम्मेलित उक्त सेवा केन्द्रमा राज्यका तर्फबाट प्रहरी खटाइने व्यवस्था रहेको छ भने समितिले स्थानीय समस्या पहिचान तथा समाधानका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गर्न सक्ने व्यवस्था समेत रहेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक यादवले बताए ।

ेसमितिको पहिलो बैठकले तत्काल नगरपालिका र वडा कार्यालयलाई केन्द्रको कार्यालय स्थापनाको लागि भवन व्यवस्थापनको अनुरोध गर्ने निर्णय समेत गरेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply