Sorry, that menu does not exist.
 

संबिधानले ब्यवस्था गरे भन्दा बाहेकका अधिकार महिलाले पाउन सकेका छैनन् -उपप्रमुख काउचा

गुमानसिँह भण्डारी, गल्कोट २०७५ असार ७ । गल्कोट नगरपालिकाकी उपप्रमुख रेणुका काउचा मगरले संबिधानले ब्यवस्था गरे भन्दा बाहेकका कुनै पनि अधिकार महिलाहरुले पाउन नसकेको बताएकी छन् । महिला जनप्रतिनिधि, नगरपालिका भित्रका महिला कर्मचारी, लैङगिक समानता र सामाजिक समावेशीकरण तथा नेतृत्व बिकास सम्बन्धि गल्कोटको हटियामा आयोजना गरिएको ३ दिने तालिमको उदघाटनको अवसरमा बोल्दै काउचाले यस्तो विचार व्यक्त गरेकी हुन् ।

उपप्रमुख काउचाले संबिधानले तोके भन्दा बाहेक महिलाहरुले अन्य निकायमा काम गर्ने मौका कम मात्रामा पाएको बताईन । उनले महिलाहरु आफनै पार्टीमा समेत उभिन गाह्रो हुने गरेको उल्लेख गर्दै महिलाहरु क्रियाशील बन्न सके समाज परिवर्तनमा सकरात्मक प्रभाव पर्ने बताईन । उपप्रमुख काउचाले यस्ता खाले कार्यक्रमले महिलाहरुलाई सशक्त बनाउने बताएकी थिईन ।

कार्यक्रममा गल्कोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेले महिलाहरु एकजुट भए महिला हिंसा कम हुने बताएका थिए ।

गलकोट नगरपालिका तथा वुमन एक्ट काठमाण्डौको सयुक्त आयोजनामा सञ्चालन गरिएको कार्यक्रममा बुमन एक्टका अध्यक्ष सृजना अधिकारी, कुमार खड्का, राष्ट्रिय सहजिकरण प्रशिक्षक प्रकाश अधिकारीले लैंङगिक समानता र सामाजिक समावेशिकरण, लैङगिक भेदभाव, लैङगिक हिंसा, दैनिक मुल्याकन तथा समापन लगायतका बिषयमा प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा सहभागीतहरुलाई ३ दिनसम्म लैङगिक समानता सम्बन्धि बिधयमान कानुनी प्राबधानहरुको जानकारी, समावेशिकरण, समानताको अवधारणा, समावेशिकरणका लागी राष्ट्रिय निति, नियम र निकायहरुको जानकारी, सक्रिय सुनुवाई, ब्यक्तिगत तहमा लैङगिक तथा सामाजिक बिभेद न्य्ुनिकरण लगायतका बिषयमा जानकारी गराईने आयोजकले जनाएको छ ।

कार्यक्रममा नगरपालिका भित्रका जनप्रतिनिधी र कर्मचारी गरि २४ जनाको सहभागीता रहेको थियो ।

कार्यक्रममा वाड नम्बर २ का अध्यक्ष हिम बहादुर भण्डारी, वडा नम्बर ३ का अध्यक्ष वीरुजङ भण्डारी, गल्कोट बहुमुखी क्यापसका क्यापस प्रमुख कृष्णप्रसाद गौतम लगायतले शुभकामना मन्तब्य दिएका थिए ।

कार्यक्रम गल्कोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद गौतमको अध्यक्षता, बुमन एक्टका अध्यक्ष सिर्जना अधिकारीको स्वागत मन्तब्य र प्रकाश अधिकारीको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply