Sorry, that menu does not exist.
 

आजको तस्वीर : देखियो कर्मचारीहरुको जाँगर ।

शब्द/चित्र : अर्जुन ढकाल,

बागलुङ २०७५ असार १० । आज आईतबार बिहान बागलुङ सदरमुकाम स्थित सरकारी कार्यालयहरुका प्रांगणमा आम्रपाली जातका आँपको विरुवा रोपिएको छ ।

बागलुङ जिल्ला स्थित सरकारी कार्यालयहरुका सूचना अधिकारीहरुको आयोजनामा भएको फलफुलका विरुवा रोपण कार्यक्रममा फलफुलका विरुवा रोपण कार्यक्रमको शुभारम्भ प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलले जिल्ला जनस्वास्थ्य कार्यालय प्रांगणमा आम्रपाली आँपको विरुवा रोपण गरी गरिएको थियो ।

फलफुल रोपण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी लगायत बिभिन्न कार्यालयका प्रमुख तथा कर्मचारीहरुको उल्लेख्य सहभागिता रहेको थियो । आजको फलफुल रोपण कार्यक्रम जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय लगायतविभिन्न दश कार्यालयहरुको प्रांगणमा आम्रपाली आँपका दश विरुवा रोपण गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथ एवं प्रजिअ खरेलले आज शुभारम्भ गरिएकाको यो फलफुल रोपण कार्यक्रमलाई अभियानकै रुपमा सन्चालन गर्नु पर्ने बताए । उनले आज सूचना अधिकारीको संयोजनामा गरिएको फलफुल विरुवा रोपण कार्यक्रममा कार्यालय मात्र नभएकर स्थानीय समाजमा पनि यसले सकारात्म सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख दिपक तिवारीले फलफुल विरुवा रोपणबो जानकारी दिँदै आज रोपिएका आम्रपाली आँपको फाईदाका बारेमा प्रकाश पारेका थिए । कार्यक्रममा शिक्षा प्रमुख कुश्मराज उपाध्याय, बनका प्रमुख विशाल घिमिरे, कृषिका सूचना अधिकारी सुजीत पौडेलले मन्तव्य दिएका थिए ।

जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी घनश्याम सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत एवं सूचना अधिकारी धीरेन्द्र पन्तले स्वागत मन्तव्य र निर्वाचन आयोगका सूचना अधिकारी श्याम थापाको सन्चालनमा सम्पन्न भएको थियो ।

आज दिनभरी विभिन्न कार्यालयहरुका प्रांगणमा आम्रपाली आँप रोपण गरिने जनाईएको छ । कार्यक्रम अगाडी प्रभातफेरी गरिएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply