Sorry, that menu does not exist.
 

एसइइ परीक्षामा उत्कृष्ठ स्थान ल्याउन सफल भएकोमा न्यू मोर्डन एकेडेमीको प्रशंसा !

एसइइ परीक्षामा ए प्लस ल्याउने १० विद्यार्थीहरु रु ५ हजारका दरले पुरस्कृत !

प्रशान्त घर्ती, बुर्तिवाङ २०७५ असार ११ । ढोरपाटन नगरपालिकाको वडा नं. १ बुर्तिबाङ बजारमा रहेको न्यू मोर्डन एकेडेमीले शैक्षिक शत्र २०७४ मा एसइइ परीक्षामा सहभागीता जनाई उत्तिर्ण हुने विद्यार्थीलाई आज सम्मान गरेको छ । एकेडेमीबाट ४७ विद्यार्थी परीक्षामा सम्मिलित भएकोमा १० जनाको जिएि ए प्लस, २४ जनको जिपिए ए तथा १३ जनाको जिपिए बि प्लस गे्रड सहित सत प्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन् ।

एकेडेमीले परीक्षामा ए प्लस ल्याउने १० विद्यार्थी जनही ५ हजारका दरले पुरस्कृत समेत गरेको छ । एकेडेमीको नियम अनुसार हरेक वर्ष उत्कृष्ठ विद्यार्थी सम्मान गर्ने कार्यक्रम अनुसार यस वर्षको एसइइमा ए प्लस ग्रेडमा उत्तिर्ण हुने विद्यार्थी सम्मान गरिएको एकेडेमीका प्रिन्सिपल दीपक कुवँरले ईबागलुङलाई बताए ।

एकेडेमी सञ्चालक समितिका जेष्ठ सदस्य चुडाबहादुर कुवँरको अध्यक्षतामा भएको बधाई तथा सम्मान कार्यक्रममा न्यूमोर्डन प्रालिका अध्यक्ष उक्तमबहादुर महत, प्रिन्सिपल दीपक कुवँर, विद्यालय व्यवस्थापन समितिका सदस्य बालसम कुवँर, शिक्षक अभिभावक संघका संयोजक तिलक बुढा, अभिभावकहरु पदम छन्त्याल, शालिकराम शर्मा, यामबहादुर श्रीस, विद्यार्थी जीवन बुढा, सुरज पौडेल, प्रविण विक्रम शाही, प्रदिप श्रीस लगायतले मन्तव्य राखेका थिए ।

मन्तव्य राख्ने वक्ताहरुले एकेडेमीको मेहनतले पश्चिम बागलुङमै उत्कृष्ठ स्थान कायम गरेको भन्दै एकेडेमीका शिक्षक, व्यवस्थापन समितिलाई धन्यवाद तथा विद्यार्थीहरुलाई बधाई ज्ञापन गरेका थिए ।

कार्यक्रममा एकेडेमी सञ्चालक समितिका सदस्यहरु राम नारायण सुवेदी, ज्ञान प्रसाद कँडेल, रेशम भण्डारी, अभिभावक नरिश्वर सापकोटा, रमेश विक्रम शाही, ओमबहादुर बुढा लगायतको आतिथ्यता समेत रहेको थियो । एकेडेमीका भाईस प्रिन्सिपल मीनबहादुर महतले विद्यार्थीको रिजल्ट प्रकाशन गर्नुभएको थियो भने प्रिन्सपल तथा अध्यक्ष बाट विद्यार्थीलाई फूलमाला अविर लगाएर सम्मान गरिएको थियो । शिक्षक हरि आचार्यको स्वागत मन्तव्य तथा प्रकास पुरीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply