बागलुङ २०७३ फागुन १५ । धौलागिरी बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिक तर्फ गरी ९ विद्यार्थी संगठनहरुले उमेदवारी दर्ता गराएका छन् ।
उमेदवारी दर्ता गराउनेमा संयुक्त अखिल प्यानल, नेपाल विद्यार्थी संघ, अनेरास्ववियु पाँचौ, संघीय समाजवादी पार्टी फोरम र अनेरास्ववियु क्रान्तिकारी (विप्लव) समुह गरी ३९ जना रहेका छन् ।
अनेरास्ववियु, अनेरास्ववियु छैठौँ र अनेरास्ववियु क्रान्तिकारीको संयुक्त (अखिल प्यानल)ले शेखर खड्का (झलक) तथा नेपाल विद्यार्थी संघ नेतृत्वको (लोकतान्त्रिक प्यानल)बाट मनबहादुर थापा (मनिष)ले स्ववियु सभापतिमा उमेदवारी दर्ता गराएका छन् ।
अखिल प्यानलबाट सचिवमा जीवन शर्मा, कोषाध्यक्षमा बिमाकुमारी जोल्मी मगर उठेका छन् भने प्रत्यक्ष तर्फ सदस्यहरुमा लालबहादुर भण्डारी, लालमती रोका, थुमा पुर्जा, साधना राना, सुरेश रेग्मी खडा भएका छन् ।
समानुपातिक तर्फ खिरा थापा, खिमानन्द कँडेल, रविना विक, हिमाली रोका रोशनी भुजेल, सुरज विक, रोशन कुँवर, आशा घर्ती, मनबहादुर राना र लक्ष्मण पौडेलको उमेद्वारी दर्ता भएको छ ।
नेपाल विद्यार्थी संघ (संयुक्त लोकतान्त्रिक प्यानल)बाट सचिवमा विष्णुराज पौडेल र कोषाध्यषमा सुस्मिता बोहराको उमेदवारी दर्ता गराएका छन् । प्रत्यक्ष तर्फ सदस्यहरुमा मिना सापकोटा, सञ्जु चापागाई, मनोज सापाकोटा, विवेक जिसी र हरिबहादुर भण्डारीको उमेदवारी परेको छ ।
समानुपातिक तर्फ बालकृष्ण शर्मा, सुजन सापकोटा, कुशल पुन, आशिष बोसेल, लुमाघर्ति पुन, नारायण गौतम, दिपक सुवेदी, विष्णुप्रसाद सुवेदी, सावित्री पुन, मुना रोकाले उमेदवारी दर्ता गराएका छन् ।
अखिल पाँचौले प्रत्यक्ष र समानुपातिक तर्फ एक÷एक सदस्य र अखिल क्रान्तिकारी (विप्लव) समुहले प्रत्यक्ष तर्फ मात्र एक सदस्यको उमेद्वार खडा गरेको छ ।
निर्वाचन तालिका अनुसार आईतबार मध्यान्ह १२ बजे सम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ भने दिउँसो ३ बजेसम्म उम्मेदवारी फिर्ता लिने र ५ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने छ । आगामी फागुन १८ गते मतदान हुुने कार्यक्रम रहेको छ ।
स्ववियुको नयाँ नेतृत्वका चयनका लागि धौलागिरी बहुमुखी क्याम्पसमा अध्ययनरत ९ सय ७८ विद्यार्थीले मतदान गर्ने भएका छन् ।
यसैगरी गल्कोट हटियामा रहेको गल्कोट बहुमुखी क्याम्पसमा पनि नेविसंघले गुमानसिंह भण्डारी र अखिल संयुक्तबाट सरीता केसीले स्ववियु सभापतिलाई उमेदवार बनाएको छ ।