Sorry, that menu does not exist.
 

जिल्ला वन कार्यालयको अन्तरक्रिया : वन, वन्यजन्तु र वातावरणीय प्रभाव प्रति सचेत रहन जरुरी !

सुमन सुनार, बुर्तिवाङ २०७५ असार १३ । जिल्ला वन कार्यालय बागलुङको आयोजनामा आज बुर्तिबाङमा यहाँ स्थित विभिन्न सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि तथा सरोकारवालाबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले वन, वन्यजन्तु र वातावरणीय प्रभावका विषयमा सबै सचेत रहनुपर्ने बताएका छन् । जिल्ला वन कार्यालय बागलुङका सहायक वन अधिकृत उपेन्द्र अर्यालले उक्त अन्तरक्रिया कार्यक्रमको सहजीकरण गरेका थिए ।

बागलुङ जिल्लामा वन क्षेत्रको अवस्था, वनको प्रकार, फाईदा तथा बन्यजन्तुको अवस्था, क्षतिको अवस्था, क्षतिपूर्तिको सरकारी व्यवस्था, वनको क्षतिपछि कानुनी प्रक्रिया लगायतका विषयमा सहजीकरण गरिएको थियो ।

सहायक जिल्ला वन अधिकृत अर्यालले, जिल्लामा ५४ प्रतिशत वनक्षेत्र रहेको, २९ प्रतिशत कृषि गोग्य जमीन रहेको तथा १६ प्रतिशत चरिचरन क्षेत्र रहेको जानाकारी दिंदै त्यस मध्य पनि वन क्षेत्रमा ५२ प्रतिशत चाडापाते वनक्षेत्र तथा १७ प्रतिशत कोषधारी वनक्षेत्र रहेको जानाकारी दिए ।

वन संरक्षणबाटै नेपालमा रोजगारी सिर्जना भएको, राजश्व संकलन गरिएको, प्रयाप्त मात्रमा अक्सिजन प्राप्त भएको जलवायु परिवर्तन अनुकुलन, जैविक विविधता सन्तुलनमा मद्दत पु¥याएकोले यसको उचित संरक्षण र प्रवद्र्धन आवश्यक रहेको विषयमा छलफल गरिएको थियो ।

वनक्षेत्र संरक्षणबाट मानिसले जल, जमिन, जडिवुटि, जनावर तथा जनता लाभान्वित हुने भएकाले नेपाल सरकारले सामुदायिक वनको अवधारणा अनुसार त्यसको व्यवस्थापन, संरक्षणका लागि स्थानीय उपभोक्तालाई बढी जिम्मेवारी दिएको सहायक वन अधिकृत अर्यालको भनाई थियो । यसो हँदा हुँदै पनि वनक्षेत्रको चारैतिरबाट दोहनहुने, विनास गरिने अवस्था मानिसबाटै भएकाले उनीहरुका लागि सचेतना कार्यक्रमतर्फ अव विषेश जोड दिइने जिल्ला वन कार्यालय बागलुङको योजनामा रहेको उहनको भनाई छ । सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारी, स्थानीय सरकारका प्रतिनिधि, जिल्ला वन कार्यालय मातहतका कर्मचारी र सञ्चारकर्मीलाई एकैसाथ परिचालन गरि योजना बनाइनु पर्नेमा जोड दिइएको थियो ।

कार्यक्रममा ढोरपाटन नगरपालिका वडा नं. १ का वडा अध्यक्ष चित्रबहादुर भण्डारीले बोल्दै ‘वन क्षेत्रको संरक्षणमा वास्तविक जनताको बीचमा यस्ता कार्यक्रमको पहुँच पुग्नु पर्नेमा जोड दिए । यस्तै वडा नं. २ का वडा अध्यक्ष युवराज महतले, ‘वनक्षेत्र विस्तारका लागि आवश्यक नर्सरी व्यवस्थापन तथा सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारीहरुको क्रियाकलापको निगरानी समेत आवश्यक रहेको बताए । यस्ता कार्यक्रमहरुलाई निरन्तर जोडदै लगिए आफूले स्थानीय तहबाट समेत कार्यक्रमका लागि आवश्यक सहयोग पु¥याउने वडा अध्यक्ष महतको भनाई रहेको थियो ।

यस्तै कार्यक्रममै सामुदायिक रेडियो परिवर्तनका स्टेशन म्यानेजर राम सुवेदील,े सामाजिक सचेतनाका लागि सञ्चारमाध्यमको प्रयोग गर्ने निती तथा कार्यक्रम जिल्ला वन कार्यालयले ल्याउनुपर्नेमा जोड दिए । सञ्चारमाध्यमलाई पनि सचेतना अभियानको एक पात्रको रुपमा रेडियो, पत्रपत्रिका तथा अनलाईन प्रोटोकलालाई साथमा लिएर गएमा आम नागरिककाबीच वन संरक्षण सम्बन्धी सूचना सहज रुपमा पुग्ने उनको धारणा थियो ।
इलाका वन कार्यालय बुर्तिबाङका खीम श्रीसको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply