Sorry, that menu does not exist.
 

यस्ता छन्, गल्कोट नगरस्तरीय विपद ब्यबस्थापन समितिको निर्णयहरु !

गुमानसिँह भण्डारी, गल्कोट २०७५ असार १४ । नगरपालिकाको नगरस्तरीय विपद ब्यबस्थापन समितिले नगरपालिका क्षेत्रमा विगत केही समय देखी भईरहेको अविरल बर्षा र त्यसले ल्याएको बाढीरपहिरो लगायतका प्राकृतिक विपद् वाट नगरक्षेत्रमा भएको मानवीय, भौतिक र पशुजन्य क्षतिलाई तत्कालै राहतको ब्यबस्था गर्नुपर्ने देखिएकोले तपसिल बमोजिम गर्ने निर्णय गरेको छ ।

निर्णय १
क, विपदवाट विस्थापित परिवारको पुनर्स्थापनाको लागी तत्काल रु। १०,०००र(९दश हजार० नगदै उपलब्ध गराउन नगर कार्यपालिकालाई सिफारिस गर्ने ।
ख, विपदवाट प्रभावित घरपरिवारलाई वडा स्तरीय विपद् ब्यबस्थापन समितिको सिफारिसमा तत्कालको लागी आवश्यकतानुसार ग्याविन तार, त्रिपाल, आधारभुत स्वास्थ्य सेवा उपलब्ध गराउने ।

ग, विपदवाट भएको पशुधनको क्षति वापत तत्काललाई प्रतिपरिवार रु। ५,०००र( ९पाँच हजार० नगदै उपलब्ध गराउन नगर कार्यपालिकालाई सिफारिस गर्ने ।
निर्णय २
गल्कोट नगरपालिका क्षेत्रमा विगत केही समय देखी भईरहेको अविरल बर्षा र त्यसले ल्याएको बाढीरपहिरो लगायतका प्राकृतिक विपद् श्रृजना गरिरहेको अवस्थामा सबै नगरवासीहरुको जिउज्यान र धनको सुरक्षाको लागी सतर्क अवस्थामा रहन अनुरोध गर्ने, सबै सुरक्षा निकायहरु र सँचारमाध्यमहरुलाई सहयोगको लागी अनुरोध गर्ने,
निर्णय ३
गल्कोट नगरपालिका क्षेत्रमा विगत केही समय देखी भईरहेको अविरल बर्षा र त्यसले ल्याएको बाढीरपहिरो लगायतका प्राकृतिक विपद् श्रृजना गरिरहेकोले विपदवाट मानवीय, पशुधन र भौतिक क्षति भएका परिवारहरुलाई राहत र पुनर्स्थापना गर्नको लागी पीडितहरुको विवरण जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय, प्रदेश मन्त्रालय र सँघीय सरकारमा समेत पठाई राहत र पुनर्स्थापनाको लागी अनुरोध गर्ने निर्णय गरेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply