Sorry, that menu does not exist.
 

धान दिवसकै अवसरमा बडीगाडका किसानलाई मिनिटेलर वितरण !

कमल पौडेल, बागलुङ (खर्वाङ) २०७५ असार १६ । बडीगाड गाउँपालिका कार्यालयले असार १५ अर्थात धान दिवसको अवसर पारेर किसानहरुलाई मिनीटेलर (जोत्ने सानो ट्याक्टर) वितरण गरेको छ। बडीगाड गाउँपालिका भित्रका २३ वटा कृषक समुहलाई प्रति समुह १ ओटाको दरले २३ ओटा मिनिटेलर वितरण गरिएको हो।

मिनिटेलर वितरण गर्दै वडीगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजाले कृषकहरुले आधुनिक प्रविधि, विउ र मलखादको प्रयोगवाट कृषिलाई व्यावसायीक वनाउन सक्ने वताए ।

उनले कृषिलाई आधुनिकीकरण र व्यावसायिक वनाउनु नै अहिलेको चुनौती रहेको भन्दै व्यावसायिक कृषिमा उत्प्रेरीत हुन युवाहरुलाई आह्वान गरेका छन् ।
सो कार्यक्रममा बडीगाड गाउँपालिका भित्रका सवै वडाका वडा अध्यक्षहरु सहित कृषकहरुको सहभागिता रहेको थियो।

बडीगाड गाउँपालिकाको ५० प्रतिशत अनुदानमा कृषकहरुलाई मिनिटेलर वितरण गरिएको हो । प्रति मिनिटेलर ५५ हजार मुल्य पर्ने र गाउँपालिकाको अनुदानको कारण कृषक समुहले २७ हजार ५ सयमा सो साधन प्राप्त गरेका हुन्।

वडा नं. ५ ग्वालीचारका स्थानिय शिक्षक समेत रहेका कृषक वेद प्रसाद घिमिरेले गाउँपालिकाको सहयोगले आफुहरु उत्साहित भएको वताए । वडा नं. २ का नेर वहादुर रानाले आफूहरुले मिनिटेलरको सहि उपयोग गर्ने विश्वास व्यक्त गरेका थिए भने मिनिटेलर पाउँदा कृषकहरु उत्साहित देखिएका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply