कमल पौडेल, बागलुङ(खर्वाङ) २०७५ असार १६ । धान दिवस एवं रोपाईँ महोत्सवको अवसरमा त्रिभुवन माध्यमिक बिद्यालय खर्वाङमा अध्ययनरत कृषि बालि विज्ञान तर्फका विद्यार्थीहरुले करीब चार रोपनी खेतमा चार थरीका धानको वीउ रोपेको बिद्यालयका कृषि प्रशिक्षक कमल न्योपानेले ईबागलुङलाई बताए ।
प्राविधिक धारमा अध्ययन गर्ने विद्यार्थीहरुलाई कृषिको महत्व र धान दिवसको वारेमा सचेतना अभिवृद्धि गर्न रोपाई कार्यक्रम नै संचालन गरिएको अर्का कृषि प्रशिक्षक प्रशान्त खरेलले बताए ।
सो अवसरमा विद्यार्थीहरुवाट दही संकलन गरी दही चिउरा खाने व्यवस्था गरिएको सहायक कृषि प्रशिक्षक अनुपम थापाले बताए । रोपाई कार्यक्रममा सहभागी विद्यार्थी अत्यन्तै प्रशन्नताका साथ शुक्रबार विहान १० वजे देखि साँझ ५ वजे सम्म धान रोपाई गरेका थिए । । वालिविज्ञान तर्फ कक्षा ९ र १० का ८० जना विद्यार्थी सो कार्यक्रममा संलग्न भएको विद्यालयले जनाएको छ। नमुना विद्यालयमा छनौट भएको त्रिभुवन मावि खर्वाङमा गत वर्षदेखि कृषि वालिविज्ञान विषयमा पढाई हुँदै आएको छ।