Sorry, that menu does not exist.
 

बुर्तिबाङ लगायत आसपासका क्षेत्रमा असारे विकासले पायो तिव्रता !

ढोरपाटनमा बाह्य पर्यटकको सङ्ख्यामा कमी !

टिकाराम भट्टराई, बुर्तिबाङ,२०७५ असार १६ । बागलुङ जिल्लाको दोस्रो व्यापारिक केन्द्रको रुपमा परिचित ढोरपाटन नगरपालिका वडा १ मा रहेको बुर्तिबाङ बजार र नजिमका स्थानहरुमा पछिल्लो समय विकास निर्माणका कार्यले तिव्रता पाईरहेको छ । असारको महिनाका आधाआधि पुग्दा बुर्तिबाङ बजारमा चलिरहेको ढल निर्माणको कार्य देखी लिएर बुर्तिबाङ बजार देखी निसीखोला र ढोरपाटन जाने लक्ष्मीकुण्डमा मोटरएवल पुल, फुर्से पहिरादेखी सेरा जोड्ने मोटरएवल पुल सगैँ बुर्तिबाङ बजार देखी हुन्द्रफेदी हुदै बुङ्गादोभान जोड्ने सड्क फराकिलो बनाउने कार्य समेत चलिरहेको छ ।

ढोरपाटन नगरपालिकाका नगर प्रमुख देव कुमार नेपालीको पहलमा समिति गठन गरी ढल निकासको कार्य कतै सकिएको छ भने कतै अन्तिम चरणमा पुगेको छ । उता ढोरपाटन नगरपालिका १ खाराखेत देखि हुन्द्रफेदी हुदै तमाखोला गाउँपालिकाको बुङ्गादोभान जोड्ने सड्क फराकिलो तथा गा्रबेल गर्ने कार्य १८ महिने योजना रहेकाले पनि खाराखेत देखि बुङ्गादोभान सम्म ३ ओटा स्काभेटरले धमाधम गरिरहेका छन । नेपाल सरकारको कुल १५ करोड ७९ लाख १४ हजार ६ सय लागतमा काम भईरहेको इन्जिनियर हरि चन्द्र वडुले बताए । थप स्काभेटर मगाएको बताउदै वडुले भने “साघँुरो बाटो छ, बाटोमा गाडी र मानिस ओहोरदोहोर गरिरहदा काम ढिलो भएको हो,अब भने कामको गतिलाई बढाउने सोचमा छौ” ।

यस्तै बुर्तिबाङ बजारकै नजिक लक्ष्मीकुण्डमा मोटरयवल पुल निमार्ण कार्य जारी रहेकाले बुर्तिबाङबाट देविस्थान हुदैँ निसी तथा बोबाङ हुदैँ नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्षको निम्ति छुट्ने सवारीका साधनहरु फुर्से पहिराबाट घुम्नुपर्ने बाध्यता रहेको छ । असारको महिना लागे संगैँ भुजी खोला र तमानखोलामा पानीको बहाब बढेकाले अब भने बुर्तिबाङ बजारको पारिपट्टि रहेको तारिखेत र लक्ष्मीकुण्डको पारि बाटै सवारीका साधनहरु बस,जिप,ट्याक्टर लगायतका साधनहरु सञ्चालन गरिने सवारी चालकहरु बताउछन् ।

असार महिना लागेसगैँ ढोरपाटनमा बाह्य पर्यटकको सङ्ख्यामा कमी आए पनि आन्तरिक पर्यटकको सङ्ख्यामा कमी नदेखिएको जोति विकास माध्यमिक विद्यालयका प्रध्यानाध्यापक चक बहादुर अदैले बताए । नेपालको एक मात्र सिकार आरक्ष समेत रहेको ढोरपाटन शिकार आरक्षमा आन्तरिक तथा बाह्य पर्यटकहरुको जिल्लाकै प्रमुख रोजाईमा पर्ने गर्दछ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply