सुमन सुनार, बुर्तिबाङ २०७३ फागुन १५ । ‘एकीकृत स्वायत्त मगरात प्रदेश स्थापनाको साझा अभियानमा लागौं । नेपाल मगर संघको ३५औं स्थापना दिवस भव्य रुपमा सफल पारौैं।’ भन्ने नारा सहित आज मगर दिवस बु्र्तिबाङमा पनि मनाइएको छ । मगर समाज सेवा केन्द्र बुर्तिबाङले आयोजना गरेको यो दिवसको कार्यक्रम पूर्व मन्त्री समेत रहेका माओवादी केन्द्रका नेता रामबहादुर थापा बादलले उदघाटन गरेका हुन् ।
उदघाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि थापाले, ‘‘नेपालको सन्दर्भमा बर्गिय मुक्ति आन्दोलन सँगै जातिय मुक्ति आन्दोलनलाई समेत समान तवर उठान गर्नुपर्ने बताए । थापाले, समाजमा विभिन्न जात, जाति, लिंग, धर्म र समुदायका नागरिकको अधिकारका रक्षाका लागि सबै सचेत भएर संरक्षणे गर्नु जरुरी रहेको बताए ।
उनले, मगर दिवसका सन्दर्भमा यहाँका बहुसँख्यक मगर समुदायका अधिकारलाई रक्षा गर्नका लागि स्वयं मगर समुदाय र यहाँका अरु समुदायले समेत साथ दिनुपर्नेमा जोड दिए ।
नेपालमा भएका विभिन्न चरणका आन्दोलनहरुले स्थापित गरेका अधिकारहरुलाई संस्थागत गरेर लैजानका लागि समेत वर्तमान संविधानको कार्यान्वयन आवश्यक रहेको थापाको भनाई थियो ।
यस्तै कार्यक्रममा बोल्ने अधिकाँश बक्ताहरुले राजनैतिक अधिकारको रक्षाका लागि नेपालमा रहेका हरेक जातजातिको अस्तित्व, भाषा धर्म र संस्कृतिको रक्षामा सबैको समान धारणा आवश्यक रहेने बताएका थिए ।
कार्यक्रममा पूर्व जिल्ला विकास समितिका सभापति लिला थापा, पत्रकार भवानी वराल, समाजका सल्लाहकार निलबहादुर पुन, उपराष्ट्रपतिका स्वकिय सचिव सुकबहादुर रोका लगायतले मन्तव्य राखेका थिए ।
आयोजकले मगर दिवसमा उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ लाई नागरिक अभिनद्यनद सहितको कार्यक्रमको आयोजना गरेको थियो । उपराष्ट्रपति पुनको अस्वस्थताका कारण कार्यक्रममा सहभागी नसकेको भन्दै माओवादी नेता वादललाई कार्यक्रमको प्रम्ख आतिथ्यता बनाई उदघाटन गरिएको हो ।
कार्यक्रम भोलिसम्म चल्ने मगर दिवसमा विभिन्न कलाकारहरुको संस्कृतिक प्रस्तुति, मगर कला संस्कृतिमा आधारित विभिन्न झाँकी प्रदर्शनका कार्यक्रमहरु पनि आयोजना गरिएको आयोजकले बताएको छ ।
मगर समाज सेवा केन्द्र बुर्तिवाङका अध्यक्ष थमप्रकाश पुनको अध्यक्षता, कोषाध्यक्ष तेजकुमारी घर्तीको स्वागत मन्तव्य तथा प्रशान्त घर्तीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको छ ।