Sorry, that menu does not exist.
 

कहाँ छन हाकिम ? रातामाटाको पाखामा कि समीक्षालयको कोठामा !

बागलुङ नगरपालिकाका कर्मचारीहरु नभेटिदा सेवाग्राहीलाई थप सास्ती !

बागलुङ २०७३ पुस १९ । बागलुङ नगरपालिकाको कार्यालय भवन रातामाटाको पाखामा निर्माण गरिएपछी नगरवासीलाई निकै सास्ती खेप्नु परेको छ । सबै सरकारी कार्यालयहरु तल बागलुङ बजारमा सिंगो नगरपालिकाको कार्यालय मात्र बजार देखी झण्डै २ किलो मिटर माथी (उकालो) रातामाटाको पाखामा निर्माण गरिएपछी नगरवासी र कर्मचारीहरु समस्यमा परेका हुन् ।

नगरवासीलाई परेको समस्यालाई मध्यनजर गरी तत्कालीन प्रजिअ शेषनारायण पौडेलको पहलमा वीरेन्द्र ऐश्वर्य उद्यान अगाडी रहेको समीक्षालय भवनमा समेत कार्यालय सन्चालन गर्ने प्रवन्ध मिलाइर्ए पछी आधा घण्टा उकालो हिँड्नु पर्ने बाध्यताबाट नगरवासीले मुक्ति पाएका थिए ।

तर पछी पछी सेवाग्राही नगरवासी कार्यवस समीक्षालयमा पुग्दा हाकिम साहेव रातामाटा स्थित कार्यालयमा जानु भएको छ भन्ने स्याँ स्याँ गर्दै माथि गएर सोद्धा हाकिम साहेव तल कार्यालयमा जानु भएको छ भन्ने गर्दा झनै सास्ती भोग्नु परेको दुखेसो पीडित सेवाग्राहीले व्यक्त गर्न थालेका छन् ।

कुनै सिफारिस लिन होस या अन्य प्रशासनिक कार्यका लागि होस् दुई तीन तीर कर्मचारी रहँदा सेवाग्राहीलाई थप समस्या झेल्नु परेको छ । पीडित सेवाग्राहीहरुले नगरपालिकाको ग्रैह्र जिम्मेवारीपूर्ण कामको खुलेरै विरोध गर्न थालेका छन् ।

कहाँ छन हाकिम ? रातामाटाको पाखामा कि समीक्षालयको कोठामा । मेसो पाउनै हम्मे हम्मे पर्छ नगरवासीलाई । कर्मचारीहरु सुलभ हुनुपर्छ नगरवासीलाई । खोज्दैमा दिनै बित्ने, सानो कामलाई तीन दिन लाग्ने भएपछी सेवाग्राही अक्रोशित हुनुलाई अन्यथा मान्नु
हुन्न ।
आजै सामाजिक सन्जाल फेसबुकमा पीडित सेवाग्राहीले बागलुङ नगरपालिकाको लापर्वाहीप्रति ईंगित गर्दै लेखेको स्टाटस र फेसबुक मित्रहरुव्दारा त्यस्मा गरिएको टिप्पणीले बागलुङ नगरपालिकाको लापर्बाहीको पर्दाफास गरेको छ ।

सार्वजनिक महत्वका कुराहरुलाई भन्दा स्वागत सम्मान र उद्घाटन मै रमाउने प्रशासकहरुको मानसिकतामा परिवर्तन आउनु जरुरी रहेको सेवाग्राहीहरुको ठहर छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply