गुमानसिँह भण्डारी, गल्कोट २०७५ असार १८ । भारी वर्षासँगै पहिरो खसेपछि गल्कोटको पाण्डवखानी जाने सडक विभिन्न ठाउँमा अवरुद्ध भएको छ । गल्कोट नगरपालिका ७ मल्मदेखि वडा नम्बर १० पाण्डवखानी जोड्ने मोटरबाटोको करिब १६, १७ ठाउमा पहिरो झरेपछि बाटो पुर्ण रुपमा अवरुद्ध बनेको वडा अध्यक्ष तिलक घर्तीले बताए ।
गल्कोट नगरपालिकाले बर्षातको समयमा प्रत्येक वडामा अवरुद्ध मुख्य सड्क खुलाउन अनुरोध गरेको छ । जसअन्तर्गत हिजादेखि मल्म पाण्डवखानी जोड्ने मोटरबाटो खुलाउने प्रयास भएको अध्यक्ष घर्तीले बताए ।
धेरैजसो ठाउमा रुख, ठुला ठुला ढुङगा सहितको पहिरो भएका कारण करिब २, ३ दिन मोटरबाटो मर्मत गर्न लाग्ने घर्तीले जानकारी दिए ।
बर्षातका कारण पाण्डवखानीको ठुलो खोलामा आएको बाढीका कारण खर्वाङ, पाण्डवखानी मोटरबाटो अबरुद्ध बनेको छ । निरन्तरको बर्षातका कारण करिब ४, ५ ठाउमा पहिरो झरेपछि बाटो अवरुद्ध बनेको हो ।
त्यस्तै पाण्डवखानीका सबैजसो ग्रामीण सडक पनि अवरुद्ध भएको स्थानीयले बताएका छन् ।
यसैबिच निरन्तरको बर्षातका कारण पाण्डवखानीको मखान खोलामा आउने बाढीका कारण करिब बगर बस्ती बगाउने समस्या देखिएको छ । अध्यक्ष घर्तीका अनुसार उक्त खोलामा ग्याबिन लगाएर खोला कटान नरोके ठुलो धनजनको क्षति हुन सक्ने बताए । त्यस्तै सोहि खोलाले गर्दा लेङगुरेको करिब ५० घरधुरी समेत उच्च जोखिममा परेका छन । बर्षातकै कारण पहिरोले खानेपानीको पाईप बगाएपछि रिघाका केहि स्थानिय उपभोक्ता र पाण्डवखानी फुर्सेका स्थानिय उपभोक्तालाई खानेपानीको समस्या परेको छ । त्यस्तै पाण्डवखानीको सुनपानी बगरमा समेत खानेपानीको समस्या भएको स्थानियको भनाई छ ।