Sorry, that menu does not exist.
 

पर्यटन पूर्वाधार र प्रवद्र्धनमा प्रदेश सरकारको ध्यान केन्द्रित छः मन्त्री लम्साल

माधब पराजुली,पोखरा २०७५ असार १८ । प्रदेश नं. ४ का उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्री विकास लम्सालले नेपालमा सन् २०२२ मा २५ लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य पुरा गर्न पर्यटन पूर्वाधार र प्रवद्र्धनमा प्रदेश सरकारको ध्यान केन्द्रित भएको बताएका छन् ।

सोमवार नेपाल ट्रेकिङ—ट्राभल्स ¥याफटिङ्गा, एयरलाईन्स, पुरातात्विक,संस्कृति, कार्गो कुरियर कर्मचारी मजदुर युनियनले आयोजना गरेको एक महिने चीनिया भाषा तालिम समापन कार्यक्रममा बोल्दै उनले पर्यटन बाटनै मुलुक समृद्धिको दिशामा अगाडी बढ्ने हुदाँ पर्यटन प्रोडक्टहरुलाई जोड दिएको बताए ।

मन्त्री लम्सालले नेपालमा पूर्वाधार अभावले पर्यटक आगमन कम भएको भन्दै पर्यटन पूर्वाधारलाई थोरै मात्र सुधार गरे पर्यटक ह्वात्तै बढ्ने दाबी गरे । २५ लाख पर्यटक भित्राउने सरकारको लक्ष्य महान रहेको उल्लेख गर्दै उनले नेपाल ट्रेकिङ—ट्राभल्स ¥याफटिङ्ग, एयरलाईन्स, टान, हान पर्यटन बोर्ड लगाएत पर्यटन सँग सम्बन्धीत संस्थाहरुले सहयोग गर्नुपर्ने बताए ।

चीनियाँ भाषा निकै जटिल हुदाँ भाषा बुझेनेहरुको पनि अभाव हुने गरेको भन्दै मन्त्री लम्सालले चीनियाँ भाषा सिकेका बिद्यार्थीहरुबाट चीनियाँ पर्यटक नेपाल ल्याउनमा समेत ठुलो टेवा पुग्ने उल्लेख गरे । मन्त्री लम्सालले नेपालमा चीनियाँ भाषाको पनि विकास गर्न सके नेपाल घुम्न आउने चीनियाँ पर्यटकहरुको सख्या बृद्धि हुने बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply