Sorry, that menu does not exist.
 

अबिरल वर्षाले हरिचौरमा पु-याएको क्षतीको नगरप्रमुख गैरे सहितको टोलीव्दारा अनुगमन !

गुमानसिँह भण्डारी गल्कोट २०७५ असार १९ । गल्कोटको हरिचौरमा बर्षाले पु¥याएको क्षतिको गल्कोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरे सहितको टोलीले स्थलगत अवलोकन गरेको छ । वडा नम्बर ५ हरिचौरको कौलेनीमा खहरे खोलाले करोडौको क्षति पु¥याएको गल्कोट नगरपालिकाका प्रबक्ता हिम बहादुर भण्डारीले ईबागलुङलाई बताए ।

खोलाले हरिचौर बजार देखि ईन्चौर, कौलेनी जाने गोरेटोबाटो पुर्ण रुपमा क्षति भएको छ । खोला गोरेटोबाटो हुदै बग्ने गरेपछि स्थानियलाई आवतजावतमा समस्या भएको वडा सदस्य यम बहादुर खत्रीले बताए ।

स्तै हरिचौर देखि टेउवा, ईन्चौर जोड्ने मोटरबाटो समेत पुर्ण रुपमा अवरुद्ध बनेको छ । अनुगमन पछि नगरप्रमुख गैरेले आगमि बजेटमा उक्त ठाउलाई पहिलो प्राथमिकता दिने बताए । गोरटोेबाटो नहुदाँ सिद्ध प्राथमिक बिद्यालय, एकता आवसीय माद्यमिक बिद्यालय, गल्कोट मोडनाईज ऐकेडेमी, पृथ्वी माद्यमिक बिद्यालयमा आउने बिद्यार्थीहरुलाई बढी समस्या परेको खत्रीले बताए । खोलाले हरिचौरको ईलाका प्रहरी कार्यालय देखि बजार जोड्ने झुलुङ्गे पुल समेतलाई असर पारेको थियो ।

त्यस्तै खोला नजिकका घरहरुमा समेत जोखिम बढेको स्थानियको भनाई छ । सम्पुर्ण विवरण अनुसार हरिचौरमा बर्षातका कारण करोडौको भौतिक क्षति भएको बताईएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply