पूर्णभद्र निउरे, असार १९ ताराखोला ताराखोला गाउँपालिकाको आर्थिक सहयोगमा युवा संजाल वडा न ५ को समन्वय र सीप युवा क्लब ताराको आयोजनामा युवा नेतृत्व क्षमता बिकास तालिम आज ताराखोलामा सम्पन्न भएको छ ।
समापन कार्यक्रममा बोल्दै ताराखोला गाउपालिकाका उपाध्यक्ष दिलकुमारी पुनले समाज सुधार र परिबर्तनमा युवाको महत्त्वपूर्ण भुमिका हुने बताइन् । उनले सकारात्मक सोच र उत्साह सहित सामाजिक कार्यमा लाग्न युवाहरुलाइ अनुरोध गरिन ।
त्यस्तै वडा न ५ का अध्यक्ष राम बहादुर रोकाले समाजमा बढ्दै गएका गलत प्रबृत्तिको अन्त्यका लागि युवा बर्गको भुमिका महत्वपूर्ण हुने भन्दै बिकृती र बिसङगती विरुद्ध लाग्नु पर्नेमा जोड दिए ।
वडा न ५ का करिब ६० जना युवा तथा युवतीहरु सहभागी उक्त कार्यक्रममा ताराखोला गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत तोपलाल भुषालले सकारात्मक सोच र युवा नेतृत्व सम्बन्धमा र बाल बिबाहका सामाजिक तथा सास्कृतिक असरका बारेमा उपाध्यक्ष दिल कुमारी पुनले सहजीकरण गरेकी थिइन् । सोही अबसरमा वडा न ५ का ६ वटा क्लब तथा समूह लाई खेलकुद समाग्री बितरण गरिएको थियो ।
कार्यक्रम सीप युवा क्लबका अध्यक्ष कुल बहादुरको अध्यक्षता युवा संजालका सचिब कमल घर्तिको संचालन र चन्द्रीका रोका स्वागतमा सम्पन्न भएको थियो ।