Sorry, that menu does not exist.
 

नवीकरणका लागी काठमाडौँ गएको वनको गाडीले भक्तपुरमा मान्छे हान्यो ! घाइते अस्पतालमा !

बागलुङ २०७५ असार १९ । जिल्ला वन कार्यालय बागलुङको बा १ झ ८९९२ नवरको गाडीले भक्तपुरमा एक जना यात्रुलाई ठक्कर दिँदा गम्भीर घाईते भएको र सवारी चालक र सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको समाचार प्राप्त भएको छ ।

सोमबार साँझपख उक्त गाडी काठमाडौ देखी भक्तपुर जाँदै गर्दा दुर्घटना भएको श्रोतले बतायो । दुर्घटनका अवसरमा गाडीमा चालक जीतबहादुर महतारा र एक अर्को व्यक्ति रहेको जिल्ला वन कार्यालय बागलुङका सूचना अधिकारी रामबहादुर बिकले ईबागलुङलाई जानकारी दिए ।

जिल्ला बन कार्यालयका प्रमुख बिशाल धिमिरेले दुर्घटनामा एक जना पैदल यात्रुको खुट्टामा चोट लागेकोले केएमसी अस्पतालमा उपचार भैरहेको जानकारी दिए । गाडी के प्रयोजनका लागी भक्तपुर गएको थियो भन्न जिज्ञासामा गाडी नवीकरण गर्न काठमाडौ पठाएको बेला यो दुर्घटना घटेको उनले बताए ।

सवारी साधन नवीकरण गर्ने कार्यालय भक्तपुरमा छ र ? डीएफओ साहेव भनेर प्रश्न गर्दा उनले काठमाडौ भनेपछी भक्तपुर, ललितपुर सबै परिहाल्छनि भन्ने गजब कै जवाफ दिए ।

घाईतेको अवस्था र नाम बारे जिज्ञासा राख्दा उनले त्यहिँ आसपासकै मानिस रहेको बताएपनि नाम भने थाहा नभएको जानकारी दिए । घाईते व्यक्तिलाई केएमसी अस्पतालमा उपचार भैरहेको बताउदै उनले अफिसबाट पठाएको मानिस भरखर काठमाडौ पुगेको छ, डिटेलमा भोलि थाहाहुन्छ भनि जवाफ दिए ।

जिल्ला वन कार्यालयको गाडी नवीकरण गर्न लैजाँदै गर्दा भक्तपुरमा मानिसलाई ठक्कर दिएको र चालक र सवारी साधन प्रहरी नियन्त्रणमा रहेको समाचारका सम्वन्धमा प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलसँग जानकारी लिन खोज्दा नवीकरणको लागि काठमाडौ लैजान अनुमति दिएको बताउदै सवारी साधान नवीकरण गर्ने कार्यालय एकान्त कुनामा छ भक्तपुरमा नवीकरण गर्न किन लगिन्छ र दुर्घटना हुन्छ ? भनि प्रतिप्रश्न गरे ।

जिल्लामा अबिरल वर्षाका कारण बाढी पहिरोले अपुरणीय क्षतीे पुयाएको अवस्थामा जिल्लामा राख्नु पर्ने अवस्थामा काठमाडौँ जान जिल्ला प्रशासन कार्यालयले अनुमति दिन नहुने थियो कि ? भन्ने जिज्ञासामा उनले भने, म आएकै भोलि पल्टै सवारी साधनहरुलाई लिएर कडाई गरिरहेको छु, सवारी साधनहरुको दुरुपयोग हुन नपावस भनी प्रशासन सजग छ र कार्यालय प्रमुखहरुलाई पनि निर्देशन दिएको छु । नवीकरण गर्न त अनुमती दिनै पयो नि भन्ने जानकारी दिए ।

श्रोतका अनुसार जिल्ला वन कार्यालय बागलुङले गाडीको विमाको रकम समेत समयमै बुझाएको छैन । समयमै विमाको रकम बुझाएको भए दुर्घटनामा हुने खर्च बिका कम्पनिबाट हुन्थ्यो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply