सविता खत्री, ताराखोला, २०७५ असार २२ । राष्ट्र निमार्णमा जुटौ सम्पुर्ण युवाहरु एक हौ भन्ने मुल नाराक साथ युवा संजाल ताराखोला गाउपालिका-३ हिल बागलुङको आयोजनामा बिहीवार एक दिने युवा सशक्तिकरण शिक्षा एवम् खेलकुद र लागू औषधि सम्बन्धि सचेतना मुलक क्रायक्रम सम्पन्न भएको छ।
क्रायक्रममा प्रशिक्षण दिदै ताराखोला गाउपालिका वडा न-३ कि वडा सदस्य तेजुमाया परियारले समृद्ध गाउपालिका बनाउनको लागि युवा वर्गको महत्त्वपूर्ण भुमिका रहने बताउदै हरेक क्षेत्रको बिकास युवा बाटै हुनेहुदा युवा सहि बाटोमा लाग्न आग्रह गरेकी थिईन भने लागू औषधको बारेमा प्रकाश पार्दै ताराखोला गाउपालिकामा कार्यरत प्रहरी रमेश रानाले प्रशिक्षण दिँदै लागुऔषध भनेको केहो यसको प्रयोगले स्वाथ्यमा पर्ने असर बारे जानकारी गराएका थिए । उनले लागुपदाथको ओसारपसार गर्दा हुने कानुनी प्रक्रियाको समेत जानकारी दिँदै लागुपदार्थबाट आफू पनि वच्न र अरुलाई पनि बचाउन समेत आग्रह गरेका थिए ।
त्यस्तै समाज राष्ट्रमा युवा बर्गको भुमिका बारेमा ताराखोला गाउपालिकाका सल्लाहाकार एवम् वाई सी एल बागलुङका जिल्ला नेता नरेश के।सीले प्रशिक्षण दिदै खासगरी युवा बर्ग यो समयमा सहि बाटोमा हिडन सक्यो भने कुलतमा फसेरबिग्रने सम्भावना कम रहने बताएका थिए । हरेक ठाउमा युवाको प्रतिनिधित्व भयो भने हरेक कुरामा बिकाश हुने बताउदै केसीले बर्तमान समयमा युवा बर्गमा बढी बिकृती भित्रिएको छ यसलाई न्यूनीकरण गर्नुपर्ने कुरामा समेत जोड दिए । उनले युवा बर्ग बिदेशीने प्रबृत्ति बढी रहेको छ यसलाई तत्काल न्यूनीकरण गर्न नसकेता पनि बिस्तारै आफ्नो गाउँठाउमा रोजगारी सिर्जना गरेर आत्मनिर्भर हुन सकिने समेत उनले बताए ।
त्यस्तै क्रायक्रमका प्रमुख अतिथि एवम् प्रशिक्षक ताराखोला गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत तोपलाल भुषालले युवाको भुमिका र शिक्षाको बारेमा प्रशिक्षण दिदै ताराखोला गाउपालिकामा युवाको हरेक क्षेत्रमा बिकास गर्नको लागि बजेट बिनियोजन गरेको बताए । उनले युवा संजाल भनेको के हो कसरी युवालाइ रोजगारी सिर्जना गर्ने, युवाका समस्या के हुन भन्ने कुराको साथै सामाजिक सभ्यता र सुसुचीत समाज बनाउनको लागि युवाहरुको विभिन्न बिकृती बिसङ्गति हटाउनु पर्न कुरामा जोड दिएका थिशउ । भुसालले राम्रो मान्छेको संगत गर्न पबित्र मन बनाउने विभिन्न क्रायक्रममा नेतृत्व गर्ने अनुशासनमा रहयो भने पक्कै गन्तव्यमा पुग्न सकिने सल्लाह दिँदै युवाले गलत बाटो समात्यो भने राज्यले समेत धेरै मुल्य चुकाउनु पर्ने हुनाले सम्पुर्ण युवाहरू परनिर्भर नभइ आत्मनिर्भर हुनसमेत आग्रह गरे ।
कार्यक्रम सन्चालन गर्नुको मुख्य उद्देश्यको बारेमा युवा संजाल हिलकी सदस्य सबिता खत्रीले प्रकाश पारेकी थिईन् ।
करिब ६० जना प्रशिक्षार्थीको सहभागी रहेको कार्यक्रममा प्रशिक्षार्थीको तर्फबाट बोल्दै हर्क बिक ले कार्यक्रम निकै प्रभावकारी भएको आफुले धेरै कुरा सिक्न पाउँदा खुशी व्यक्त गरेका थिए
कार्यक्रम युवा संजाल हिलका अध्यक्ष दुगा बगालेको अध्यक्षता , युवा संजाल हिलका सदस्य कर्ण बहादुर भण्डारीको स्वागत मन्तव्य र युवा संजाल हिलका सदस्य लिलाधर कडेलको सन्चालनमा कार्यक्रम सम्पन भएको थियो ।