बागलुङ २०७५ असार २२ । निसीखोला गाउँपालिका–४ कानाबगरमा हाट बजारको लागि स्टल तथा मन्दिर निर्माण गरिएको छ । निसीखोला गाउँपालिकाले आर्थिक वर्ष २०७४/७५ को लागि विनियोजन गरेको बजेटले मन्दिर तथा हाट बजार स्टल कुल ७ लाखको लागतमा निर्माण गरिएको निर्माण समितिका अध्यक्ष मनप्रसाद आचार्यले जानकारी दिए । आगामी तिजदेखि यहाँ हाट बजार सुरु गर्ने बताईएको छ ।
कानाबगर निसीखोला गाउँपालिका–४, ५ र ६ को मुख्य व्यापारीक केन्द्र भएको हुँदा व्यापार तथा किन मेलको लागि सहज हुने बताइएको छ । कानाबगरलाई नमुना व्यापारीक स्थल बनाउन तथा प्युठान, गुल्मी, अर्घाखाँची लगाएतदेखि ढोरपाटन घुम्नका लागि आउने पर्यटकहरुको मुलद्वार भएको हुँदा यस स्थानलाई नमुना बनाउन कोसिस गरेको आचार्यको भनाई छ ।