Sorry, that menu does not exist.
 

ताराखोलाको बिकासमा आफु र नगरपालिका हातेमालो गरेर अघि बढ्ने नगरप्रमुख नेपालीको प्रतिवद्धता !

दुर्गा भवानी माबिलाई एक शिक्षक तथा पाँच दलित परिवारका घरमा जस्तापाता दिने घोषणा !

पूर्णभद्र निउरे, ताराखोला २०७५ असार २३ । भौगोलिक तथा जातिय विविधता , खेलकुद कला र सस्कृतीको संरक्षणमा हाम्रो सहभागीता भन्ने मुल नाराका साथ असारे युवा क्लबको आयोजनामा ताराखोलामा संचालित असारे मेलाको औपचारिक उदघाटन कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमको उदघाटन समारोहमा बोल्दै प्रमुख अथिती ढोरपाटन नगरपालिकाका प्रमुख देब कुमार नेपालीले ताराखोला गाउपालिका भित्रको कला सस्कृतीको संरक्षणमा असारे युवा क्लब खेलेको भुमिका प्रशंसनीय रहेको बताए ।

नगर प्रमुख नेपालीले ताराखोला गाउपालिकाको बिकासमा आफ्नो ब्यक्तिगत तर्फ देखि र ढोरपाटन नगरपालिका सधैं हातेपालो गरेर अगाडि बढ्ने कुरामा जोड दिए।

शिक्षा क्षेत्रको बिकासले मात्र समग्र पक्षको बिकास हुने भन्दै दुर्गा भवानी माबि तारामा रहेको समस्यालाई मध्यनजर गर्दै बिद्यालयमा एक बर्षको लागि एक जना शिक्षक ब्यक्तिगत खर्चबाट भुक्तानी दिने गरि ब्यबस्थापन गरिदिने घोषणा गरे । त्यसै गरि ताराखोला गाउपालिकामा भएका बिपन्न परिवार जसको घरमा खरको छानो छ यो बर्ष असारे युवा क्लबको सिफारिसमा ५ घर परिवारमा टिनको छानोको ब्यबस्था गरि दिने समेत घोषणा गरे।

कार्यक्रममा ताराखोला गाउपालिकाका उपाध्यक्ष दिल कुमारी रोका पुन, बिद्यार्थी नेता दिबस खत्री लगायतले शुभकामना मन्तब्य राखेका थिए ।
औपचारिक उदघाटन हुनु पूर्ब मगर समुदायको मारुनी नाच, चुड्के भाका स्थानीय पन्चे बाजा र भजन मण्डली सहितको र् याली निकालिएको थियो ।
असार १९ गते देखि संचालित असारे मेलामा खुल्ला पुरुष तथा महिला भलिबल प्रतियोगिता, लोक दोहोरी गीत , धनुषबाण , पुरुष तथा महिला रस्साकस्सी जस्ता प्रतियोगिता आयोजना गरिएको छ।

प्रतियोगितात्मक कार्यक्रम संगै राष्ट्रिय कलाकार वसन्त थापा , गायिका खिमा रोका र गायक तथा सर्जक खगेन्द्र बिश्वकर्मा लगायतको साङ्गीतिक प्रस्तुति रहने आयोजकले जानकारी गराएको छ।

उदघाटन कार्यक्रम असारे युवा क्लब का अध्यक्ष प्रकाश घर्ती को अध्यक्षता, कोषाध्यक्ष रबिन घर्ती को संचालन मा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply