बुर्तिवाङ २०७५ असार २४ । बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्र र त्यस्का प्रमुख डा सुनिल प्रसाद जैसवाल सम्वन्धी सन्चारमाध्यममा आएको समाचारलाई लिएर २४ घण्टा नबित्दै एकीकृत सेवा केन्द्र बुर्तिवाङका प्रमुख जनक थापा सहितको टोलीले प्राथमिक स्वास्थ्य केन्द्रको अनुगमन गरेको छ । आम सन्चारमाध्यमहरुमा आउने सार्वजनिक महत्वका विषयका समाचारहरुमा स्थानीय प्रशासनको चासो रहनु प्रशंसनीय मान्नु पर्छ । समाचारमा उठाईएका विषयहरुमा निष्पक्ष छानविन गरी सत्यतथ्य बाहिर ल्याईनुलाई सकारात्कम पक्ष हो ।
जहाँ सम्म बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्र र त्यस केन्द्रका प्रमुख डा जैसवालका विषयमा सन्चार माध्यममा आएको विषय बस्तु छ, त्यसलाई लिएर २०७५ असार २३ गते एकीकृत सेवा केन्द्र बुर्तिवाङका प्रमुख जनक थापाको विशेष उपस्थितिमा बुर्तिवाङ स्वास्थ्य केन्द्र व्यवस्थापन समिति र अस्पतालको स्टाफहरुको बैठकले गरेको निर्णय षडयन्त्रपूर्ण देखिएको छ । कुनै व्यक्ति वा संस्थाका बारेमा प्रकाशित समाचारको खण्डन मण्डन आरोपित व्यक्ति वा संस्थाले गर्नु पर्छ नकि प्रशासकले । भ्रष्टाचारको छानविन गर्ने, नियमन गर्ने, कार्बाही गर्ने निकायका प्रमुखलाई नै साक्षी राखेर भ्रष्टाचार सम्वन्धी समाचार ‘निराधार तथा तथ्यहीन’ भनेर खण्डनमा हस्ताक्षर गराउन सक्नु कहिँ नभएको जात्रा बुतिैवाङमा भनेर टिप्पणी गरिएको छ ।
निर्णयलाई अध्ययन गर्दा आमसन्चार माध्यमहरुले उठाएका गम्भीर मुद्दाहरुलाई ओझेलमा पार्दै प्रशासकलाई साक्षी राखी स्वास्थ्य केन्द्र र डा जैसवाललाई भ्रष्टाचारबाट उन्मुक्ति दिने प्रपन्च भएको देखिन्छ । चोरको खुट्टा काट् भन्दा साथ चोरले खुट्टा उठाएको कथा यहाँ दोहोरिएको त होईन ? भन्ने चर्चापनि बुर्तिवाङमा सुनिएको छ ।
स्थानीय प्रशासकको समुपस्थितिमा शनिवार स्वास्थ्य केन्द्र र केन्द्रका कर्मचारीहरुको बैठकले, “… निगरानी र निरीक्षण गर्दा डा जयसवालले कुनैपनि भवन बनाउन रकम ३ लाख निकासा गरेको नदेखिएकाले उक्त समाचार निराधार तथा तथ्यहीन भएको निश्कर्ष निकाली खण्डन गर्ने निर्णय गरियो ” भन्ने लेखाई नै षडयन्त्र पूर्ण छ । किनकि प्रकाशित समाचारमा, गत २०७४ साल फागुन महिनाका करिव ३ महिना विभिन्न वहानामा विदा वसेपछि केही खलवल भएको थियो । त्यस वखत प्राथमिक स्वास्थ्य केन्द्रको स्तरवृद्धिका लागि आएको ३ लाख रुपैयाँको हिसाव नमिलेका कुराहरु पनि बाहिर आएका थिए …उल्लेख छ ।
गत २०७४ साल साउन २२ गते बुर्तिवाङ स्वास्थ्य केन्द्रमा मिर्गौलाको अल्ट्रासाउण्ड (भिडियो एक्सरे) गराउन पुगेका स्थानीय एक पत्रकारको मिर्गौलामा ५ र ६ एमएम साईजका एक/एक ढुंगा भएको लेखिदिएपछी तत्कालै पोखरा पुगेर परीक्षण गराउदा कुनैपनि मिर्गौलामा ढुंगा नभएको रिपोर्ट आएपछी जस्को मृगौलामा पनि ढुंगा ! बुर्तिवाङका डाक्टरहरुको दिमाग बिग्रिएको हो कि, अल्ट्रासाउण्ड मेशिन ? शीर्षकमा २०७४ साल भदौ ४ गते ईबागलुङले समाचार सम्प्रेषण गरेको थियो । यस समाचारलाई लिएर डा. जयसवालले पत्रकार लोकेन्द्र निराशीमाथी हातपान गर्न समेत जाईलागेका थिए ।
एकातिर खोला अर्कोतिर झोलुंगो बनाएर प्रशासकलाई साक्षी राखेर भ्रष्ट प्रबृत्तिबाट सफाई लिन र दिलाउन टाँठाबाठाहरुले जुन चाल चले अर्थात प्रकाशित समाचार निराधार तथा तथ्यहीन भएको निश्कर्ष निकाल्दै खण्डन गर्ने निर्णयमा सही गराउन सफल भए त्यस्लाई प्रशासकको सज्जनता भनौँ कि एक वर्षमा ७ महिना बिभिन्न बहानामा बिदा बस्ने जिम्मेवारहीन डा जयसवाल प्रतिको सहानुभूति ? शनिवार बिदाको दिन एकैक्षणको स्वास्थ्य केन्द्रको निरीक्षणमा प्रशासक थापाको नजरमा डा जयसवाल कसरी योग्य सावित हुन पुगे ? यी प्रश्नहरुको जवाफ बुर्तिवाङबासीहरुले खोजी रहेका छन् । यो प्रशासक थापाको सज्जनता हो कि डा जयसवाल प्रतिको सहानुभूति ? बुझ्न कठीन भएको टीका टिप्पणी भैरहेको छ ।
समाचारमा, १२ महिनामा ७ महिना बिभिन्न बहानामा बिदामा बसेर स्वास्थ्य जस्तो संवेदनशील संस्थाका प्रमुख डा जयसवालले जुन गैह्रजिम्मेवारी काम गरे त्यो विषय प्रमुखताका साथ उठाईएको भएपनि डा जयसवालका शुभचिन्तकहरुले जसरी पक्षपोषण गरिहेका छन् त्यो दूराग्रही मात्र नभएर भ्रष्टाचार र गैरजिम्मेवारीतालाई प्रोत्साहन भएको छ ।
योपनि पढौँ
स्वास्थ्य केन्द्रको स्तरबृद्धिलाई प्राप्त रु ३ लाखमा डा जयसवालको चलखेल ! !
बाह्र महिनामा सात महिना गैह्र हाँजिर रहने डा. जयसवाल नगरपालिकाको चक्कर काट्दै !