गुमानसिँह भण्डारी, गल्कोट २०७५ असार २४ । बुर्तिबाङ, गल्कोट हुदै काठमाडौ सडक खण्डमा सञ्चालित ठुला सवारी साधनहरुले मनपरी भाडा असुलेर ब्रह्मलुट मच्चाएको भन्दै सरोकारवालाहरुले भाडा दर समायोजन हुन सम्वद्ध निकायको ध्यानकर्षण गराएका छन् ।
बुर्तिबाङ देखि काठमाडौ सम्मको एसी बसको भाडादर रु १ हजार, डिलक्स बसको रु १ हजार र घोँडाघोँडी यातायातको रु १४८२ लिने गरिएको छ भने बुर्तिवाङ देखी बागलुङ सदरमुकाम सम्म रु ७ सय ५० रहेको छ । घोँडाघोँडी यातायात बाहेकका बसहरुले बुर्तिवाङ काठमाडौ रु १ हजार र बागलुङ सदरमुकाम सम्म रु ६ सय ५० देखी माथी भाडा लिईने गरेको यात्रुहरुले बताएका छन् ।
गल्कोट हटिया देखी काठमाडौका लागि काटिएको टिकट जस्मा रु ११०० भाडा उल्लेख छ ।
यता बुर्तिवाङ बाट काठमाडौँका लागि छुटेका बसहरुले गल्कोट हटियाबाट काठमाडौ जाने यात्रुहरुसंग रु १ हजार १ सय असुली रहेका छन् । गल्कोट हटियाबाट ४३ किमि पश्चिम बुर्तिवाङ काठमाडौको भाडा रु १ हजार हटिया बाटा काठमाडौ जना रु १ हजार १ सय रुपयाँ भाडा लिएपछी गल्कोटबासीहरु निकै आक्रोशित बनेका हुन् । गल्कोटे जनताले अहिलेसम्म रु १ हजार भन्दा कम रकम तिरेर बस चढ्न नपाएको गुनासो गरेका छन । गल्कोटबाट काठमाडौ सम्मको एसी बसको भाडादर ११ सय, डिलक्स बसको ११ सय र घोडाघोडीको भाडादर १ हजार रहेको धौलागीरी अञ्चल यातयात बस ब्यवसायी समितिका गलकोटका कर्मचारी महेन्द्र खड्काले बताए ।
बुर्तिबाङदेखि गल्कोट सम्म आउनका लागी बसलाई करिब २ घण्टा ३० मिनेट लाग्ने गदर्छ । दुरीका हिसाबले टाढा रहेको बुर्तिबाङको भाडादर गल्कोटको भन्दा कम हुनु गल्कोटे जनताप्रति नाजायज फाईदा लिने प्रबृत्ति भएको गल्कोटेहरुको गुनासो रहेको छ । यसका लागी गल्कोटका सरोकारवाला निकाय मौन रहनु सोचनीय बिषय बनेको छ ।
एकातर्फ बाटो नै नभएका कारण यातायातको सुविधा उपभोग गर्न नपानु र अर्कोभःतर्फ लामो दुरीमा चल्ने सिमित यातायातका साधनको मनपरी भाडाका कारण सर्वसाधारण मर्कामा परेका हुन् । लामो दुरीमा चल्ने सवारीको भाडादर कायम गरिएको भएपनि लागु हुन सकिरहेको छैन । सार्वजनिक यातायातका साधनको भाडादर कायम गर्न जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा भाडा निर्धारण समिती बनाईएको हुन्छ । सोही समितिले किलोमिटरको आधारमा भाडादर कायम गरेको हुन्छ तर यो बेला त्यो भाडादरलाई लागु गर्न व्यवसायी तयार देखिने गरेका छनैन् । तेलको अभाव, तेल ढुवानीको बहाना र हिलो तथा अप्ठ्यारो सडकमा गुड्दा गाडी बिग्रिएको बहाना बनाएर दुई तीन किलोमिटर मात्रै गुडेको गाडीले २ सय रुपैयाँसम्म भाडा लिने गरेका समेत उदाहरणहरु छन् । नियम र कानुनले दिएको बाहेक कुनैपनि बहानामा आफुखुसी भाडा असुल्ने अधिकार कुनैपनि सवारी साधनलाई छैन् ।
स्मरणरहोस, बागलुङ-बुर्तिवाङ (मध्यपहाडी लोकमार्ग) जम्मा ९३ किलोमिटर दूरीमा छ । लोकमार्गको तीन चौथाई खण्ड कालो पत्रे भैसकेको अवस्था छ तरपनि सवारी साधनहरुले प्रति किमि ७ रुपयाँ भन्दा बढी भाडा असुली रहेका छन् । पछिल्लो समय बुर्तिवाङ देखी बागलुङ सदरमुकाम, पोखरा तथा काठमाडौ सम्मका लागि माईक्रोबस र ट्याक्सी सेवा सुरु गरिएको छ । यी सवारी साधनहरुले पनि आफुखुसी मनपरी भाडा लिएर चलाई रहेका छन् । सेवाग्राहीहरु शीघ्राति शीघ्र भाडा दर समायोजन गर्न सम्वद्ध निकायमा माग गरिरहेका छन् । बागलुङ सदरमुकाम देखी म्याग्दीको बेनीबजार सम्म भाडा दर समायोजन गरिए सरह भाडा समायोजन गरियोस भन्न जिल्लाबासीको माग रहेको छ ।